अफवाह फैलाएर समाचार लेख्ने छ अनलाइन कारबाहीमा

अफवाह फैलाएर समाचार लेख्ने छ अनलाइन कारबाहीमा

२०७८, आषाढ १६ बुधवार

  • 1.2K
    SHARES

  • अफवाह फैलाएर समाचार लेख्ने छ अनलाइन कारबाहीमा

    काठमाडौँ । प्रेस काउन्सिल नेपालले अफवाह फैलाएर समाचार लेख्ने छ अनलाइन बन्द गराउने भएको छ ।

    रुपा सुनार र सरस्वती प्रधानको कोठा भाडा लिनेसम्बन्धी विवादका  विषयमा अफवाह फैलाएर समाचार लेख्ने खबरमाला डटकम, कालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम र साझा मिडिया डटकम अनलाइन बन्द गराउन नेपाल दुरसञ्चार प्राधिकरणलाई प्रेस काउन्सिलले आज मँगलबार पठाएको हो । यी अनलाइनले सुनारलाई युरोपियन युनियन (इयु) बाट रु डेढ करोड खाएको जस्ता लाञ्छना लगाएका थिए ।

    यही असार १ गते कोठा भाडामा लिन जाँदा काठमाडौँको बबरमहलस्थित घरधनी प्रधानले सुनारलाई जात थाहा पाएपछि कोठा दिन अस्विकार गरेको दावीसहितत रुपाले  जाहेरी दिएकी थिइन् ।

    तीन दिन हिरासतमा रहेकी प्रधान हाल रिहा भइसकेकी छन् । 

    रुपाले आफूलाई जातीय द्वन्द्व फैलाउन युरोपियन युनियनबाट उचालिएका जस्ता भ्रामक समाचार लेखेर जातीय भेदभाव र छुवाछूतलाई दुरुत्साहन गर्ने कार्य गरेको भन्दै ती अनलाइनविरुद्ध काउन्सिलमा उजुरी दिएकी थिइन् । 

     

    २०७८, आषाढ १६ बुधवार०७:१३:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार