चितुवाको आखेटोपहार र जीवित सुनगोहोरोसहित दुई पक्राउ

चितुवाको आखेटोपहार र जीवित सुनगोहोरोसहित दुई पक्राउ

२०७७, पौष २ बिहिवार

  • 2.0K
    SHARES

  • चितुवाको आखेटोपहार र जीवित सुनगोहोरोसहित दुई पक्राउ

    पौष २, काठमाडौँ । 

    नेपाल प्रहरीले संरक्षित वन्यजन्तु चितुवाको आखेटोपहार र जीवित सुनगोहोरोसहित दुई जनालाई पक्राउ गरेको छ । 

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले टोखा नगरपालिका–२ चण्डेश्वरीमा संरक्षित वन्यजन्तु चितुवाको आखेटोपहार र जीवित सुनगोहोरोसहित मोरङका ४१ वर्षीय भेषबहादुर थापा र मोरङकै ४६ वर्षीय डिल्लीराम पौडेललाई मङ्गलबार पक्राउ गरी वुधवार सार्वजनिक गरेको हो । 

    ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले चितुवाको आखेटोपहार र सुनगोहोरो अवैधरुपमा

    ओसारपसार र बेचबिखन गर्न लागेको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकासँग जीवित सुनगोहोरो आठ वटा र चितुवाको आखेटोपहार एक थान बरामद भएको प्रहरीले जनाएको छ । 

    पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालय बूढानीलकण्ठ पठाइएको ब्यूरोले जनाएको छ । 

    २०७७, पौष २ बिहिवार०७:२५:२०
    प्रतिक्रिया
    सम्बन्धित समाचार