क्रिप्टोकरेन्सीको माग बढ्यो, भारतमा बिट्क्वाइनबाट पिज्जा, आइसक्रिम र कफी किन्न पाइने

क्रिप्टोकरेन्सीको माग बढ्यो, भारतमा बिट्क्वाइनबाट पिज्जा, आइसक्रिम र कफी किन्न पाइने

२०७८, श्रावण २८ बिहिवार

  • 1.7K
    SHARES

  • क्रिप्टोकरेन्सीको माग बढ्यो, भारतमा बिट्क्वाइनबाट पिज्जा, आइसक्रिम र कफी किन्न पाइने

    नयाँ दिल्ली । भारतले क्रिप्टोकरेन्सीलाई थप मान्यता दिन लागेको छ । उसले तयार गरेको सबैभन्दा पुरानो क्रिप्टो वालेट– युनोक्वाइनले बिट्क्वाइनबाटै पिज्जा, आइसक्रिम र कफी किन्न सुविधा दिन सुरु गरेको छ । कम्पनीले हालै सुरु गरेको यो सुविधाअनुसार सोझै बिट्क्वाइनको एक्सचेन्ज गरेर सामान किन्न मिल्ने भएको हो ।

    यो सुविधासँगै युनोक्वाइन वालेटमा बिट्क्वाइन राखेका प्रयोगकर्ताले त्यसबाट सामान किन्नका लागि फियाट करेन्सीमा कन्भर्ट गर्नुपर्ने झन्झट्बाट मुक्ति पाएका छन् ।

    युनोकोइन भारतमा सन् २०१३ देखि निरन्तर सञ्चालनमा रहेको क्रिप्टो वालेट हो । पछिल्लो समय विश्वभर क्रिप्टोकरेन्सीको लोकप्रियता बढ्दै गइरहेको छ । युरोप अमेरिका, सिंगापुर लगायतका विकसित मुलुकमा झन् प्रसिद्ध क्रिप्टोकरेन्सीको कारोबार नेपालमा भने गैर–कानुनी हो । -एजेन्सीको सहयोगमा

    २०७८, श्रावण २८ बिहिवार०१:२०:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार