पवनदिप राजन ‘इन्डियन आइडल’ १२ औं संस्करणको च्याम्पियन

पवनदिप राजन ‘इन्डियन आइडल’ १२ औं संस्करणको च्याम्पियन

२०७८, श्रावण ३२ सोमवार

  • 3.0K
    SHARES

  • पवनदिप राजन ‘इन्डियन आइडल’ १२ औं संस्करणको च्याम्पियन

    काठमाडौं । ‘इन्डियन आइडल’ को १२ औं संस्करणको उपाधी पवनदीप राजनले जितेका छन् ।

    आइतबार भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा भएको फिनालेमा राजनले अरु प्रतिस्पर्धिलाई पछि पार्दै विजेता हुन् । फिनाले १२ घण्टासम्म चलेको थियो।

    सनमुख प्रिया, अरूणीता कांजीलाल, मोहम्मद दानिश, निहाल ताउरो र सायली काम्बलेलाई भोटमा पछि पार्दै उनले अवार्डसहित २५ लाख (भारु) हात पारेका छन्।

    २५ वर्षीय पवनदीप राजन भारतको उत्तराखण्ड कुमाउस्थित चम्पावत जिल्लामा जन्मेका हुन्।

    २०७८, श्रावण ३२ सोमवार०७:५८:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार