वशिष्ठ लायन्सद्धारा वैदिक कुलपूजाका लागि रु ५१०१ सहयोग 

वशिष्ठ लायन्सद्धारा वैदिक कुलपूजाका लागि रु ५१०१ सहयोग 

२०७७, पौष ४ शनिवार

  • 2.4K
    SHARES

  • वशिष्ठ लायन्सद्धारा वैदिक कुलपूजाका लागि रु ५१०१ सहयोग 

    पौष ४, काठमाडौँ । 

    लायन्स क्लव अफ काठमाडौं वशिष्ठले वैदिक कुलपूजा (पुलश्चरण) का लागि रु पाँच हजार एकसयएक सहयोग गर्ने निर्णय गरेको छ । 

    आज (शनिवार) लायन जेपी भट्टराईको अध्यक्षतामा बसेको नियमित बैठकले सो निर्णय गरेको हो । 

    भट्टराई कुलवंश प्रतिष्ठान केन्द्रीय कार्यालयको प्रांगण दमकमा पौष ८ गते देखि ११ गते सम्म संचालन हुने कार्यक्रमका लागि भेटी स्वरुप उक्त रकम पठाइएको क्लवका सचिव लायन अजित कुमार भट्टराईले बताए ।

    त्यसै गरि क्लवले पौष १८ गते वनभोज कार्यक्रम आयोजना गरेको छ । वनभोज कार्यक्रममा वृक्षारोपण लगायतका रचनात्मक कार्यक्रम तय भएको पनि उनले बताए ।

    २०७७, पौष ४ शनिवार०७:०५:२८
    प्रतिक्रिया
    सम्बन्धित समाचार