लालिगामा वार्साको बराबरी, मेसीद्धारा पेलेको कीर्तिमान बराबर

लालिगामा वार्साको बराबरी, मेसीद्धारा पेलेको कीर्तिमान बराबर

२०७७, पौष ५ आइतवार

  • 3.0K
    SHARES

  • लालिगामा वार्साको बराबरी, मेसीद्धारा पेलेको कीर्तिमान बराबर

    पौष ५, म्याड्रिड ।

    स्पेनी पावर हाउस वार्सिलोनाले बराबरी खेलेको छ । 

    लिग अन्तर्गत शनिवार भएको खेलमा लिओनल मेसीले पेलेको कीर्तिमान बराबरी गरेको स्पानिस ला लिगाको खेलमा भ्यालेन्सिया सँग बराबरी खेलेको हो । खेलमा दुवै टोलीले एक-एक पटक अग्रता लिए पनि अन्त्यमा खेल २-२ को बराबरीमा सकियो ।

    घरेलु मैदानमा बराबरी खेलेपछि बार्सिलोनाले यस सिजन सातौं पटक अंक गुमाएको छ । १३ खेल खेल्दा बार्सिलोनाले ३ खेल बराबरी गर्दा ४ खेल हारेको छ । ६ खेलमा भने बार्सा विजयी भएको छ ।

    क्याम्प नोउमा भएको खेलको २९औं मिनेटमा माउटार डिएखाबीले गोल गर्दै भ्यालेन्सियालाई पहिले अग्रता दिलाएका थिए । त्यसपछि बार्सिलोनाले लगातार दुई गोल गर्द अग्रता बनायो । अन्त्यमा भ्यालेन्सियाले बराबरी गोल फर्कायो ।

    पहिलो हाफको इन्जुरी समयमा लिओनल मेसीले गोल गर्दै खेल बराबरी गरे भने पेलेले राखेको एकै क्लबका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान पनि बराबरी गरे । मेसीले बार्सिलोनाका लागि सबैखाले प्रतियोगितामा ६४३ गोल गरेका छन् ।

    पेलेले ब्राजिलियन क्लब सान्तोसका लागि ६४३ गोल गरेका छन् । पेलेले १९ सिजन खेल्दै उक्त कीर्तिमान बनाएका थिए । मेसीले आफ्नो १७औं सिजनमै उक्त उपलब्धी बराबरी गरे ।

    भ्यालेन्सियाविरुद्ध एक गोलले पछि परेको अवस्थामा मेसीले पहिलो हाफको इन्जुरी टाइममा बराबरी गोल फर्काएका थिए । भ्यालेन्सियाका जोस गाएले एन्टोनी ग्रीजमनलाई पेनाल्टी एरियामा फाउल गरेपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो ।

    मेसीको पेनाल्टी प्रहार भ्यालेन्सियाका गोलकिपर जाउमेले रोकेका थिए तर रिबाउण्डमा जोर्डी अल्बाको पासमा मेसीले गोल गरेका हुन् ।

    दोस्रो हाफमा दुवै टिमले एक-एक गोल गरे । ५२औं मिनेटमा रोनाल्ड अराउजोले गोल गर्द बार्सिलोनालाई २-१ को अग्रता दिलाएका थिए । तर ६९औं मिनेटमा म्याक्सी गोमेजले भ्यालेन्सियाका लागि बराबरी गोल गरे ।

    त्यसपछि गोल नहुँदा दुवै टिमले १-१ अंक बाँडे । बराबरीपछि बार्सिलोनाले चौथो स्थानमा उक्लने मौका गुमायो । १३ खेलबाट २१ अंकसहित बार्सिलोना पाँचौ स्थानमै जुन शीर्ष स्थानको एट्लेटिको मड्रिडभन्दा ८ अंकले पछि हो । भ्यालेन्सिया १४ खेलबाट १५ अंकसहित १२औं स्थानमा छ ।

    १२ खेलबाट २९ अंकसहित एट्लेटिको शीर्ष स्थानमा छ । 

    २०७७, पौष ५ आइतवार०९:०७:२१
    प्रतिक्रिया
    सम्बन्धित समाचार