सामाजिक व्यवहार सुधार ऐनको दुर्दशा र सम्भावना 

सामाजिक व्यवहार सुधार ऐनको दुर्दशा र सम्भावना 

२०७७, पौष ५ आइतवार

  • 6.2K
    SHARES

  • सामाजिक व्यवहार सुधार ऐनको दुर्दशा र सम्भावना 

    पौष ५, काठमाडौं ।

    तपाई हामी सबैको संयुक्त रुप समाज हो । समाजमा हुने तमाम घटनाहरु नै समाजका व्यवहारहरु हुन् । सामाजिक व्यबहारमा जन्म देखि मृत्यु संस्कार सम्मका व्यवहारलाई समेटेको हुन्छ ।

    आज भन्दा ४०/४५ बर्ष अगाडी नै समाजको व्यवहारलाई नियमन र नियन्त्रण गर्नु पर्छ भन्ने सोचका साथ सामाजिक व्यवहार सुधारका रुपमा कानुन ल्याइयो। शायद नेपालमा यो पहिलो कानुन होला जस्ले कानुन बनायो उसैले कार्यान्वयन गर्न उदासीनता देखाएको ।

    कानुन मृत अवस्थामा छ । सरकारले आफ्नो काम कानुनको संसोधन गर्दै गरेको अवस्था देखिन्छ । २०७२ सालमा पछिल्लोपटक ऐन संसोधनका लागि समय खर्च गरेको देखिन्छ । 

    ऐनले आज भन्दा ४०/४५ बर्ष अघिको समाजको क्रियाकलापलाई मुल्यांकन गरि कानुन बनाएको भए पनि समयसापेक्ष बनाउदै लैजानु पर्ने हो तर त्यस्तो भएको छैन ।

    सामाजिक व्यवहार बिहे ब्रतबन्ध जस्ता कुरामा लगाइएको अतिरिक्त खर्चमा र के कति मान्छे लान हुने कुरा एउटा पाटो हो त्यस्ता कुरामा नियन्त्रणका साथसाथै युग अनुरुप चल्न सक्नु पर्छ । 

    समाजमा कानुन बने पछि थुप्रै परिवर्तन भइसकेको छ । मान्छेको आचार व्यवहारमा परिवर्तन आईसकेको छ । सुचना प्रविधिको बिकास संगै मान्छे सामाजिक भन्दा एकान्त प्रेमी हुन थालेको छ ।

    हामी हिन्दु धर्मावलम्बीहरु बिबिधतामा एकताका आफ्नो आफ्नो परम्परालाई जिवित राखेको अवस्थामा धर्म निरपेक्षतामा आधारित प्रणाली लागु गर्दा मान्छेहरू बिचमा बहस हुन थालेको अवस्था छ ।

    हिजोसम्म नारीलाई कम आक्नेहरु आज लोग्नेमान्छे भन्दा अगाडी आइसकेका छन्। वृद्धहरुको संख्या बढी रहेको छ, बुढाबुढी सङ्ग हिजोको ईतिहास सुनेर बाल्यकाल बिताउने दिन सकिएका छन् ।

    बृद्ध अवश्थामा तातोमिठो खाने बेलामा संस्थाका सहारामा समय बित्न थालेको देखिन्छ । समाजमा चल्दैआएको ऐंचोपैचो मेलापातमा पर्म लगायतका विषय ओझेल परिसकेको पाइन्छ ।

    बिद्यालयमा केटाकेटीमा सामाजिक महत्त्वको बारेमा जानकारी छैन, नैतिक शिक्षा खस्केको छ । यी कुरा सामान्य लाग्न सक्छ तर सामाजिक व्यबहारका सबै क्षेत्रहरूमा परिवर्तन आइसकेको छ । कानुनमा लेखिए जस्तो स्थिति अहिले छैन ।

    सरकारले कोरोनाको यस अवस्थामा केहि कुरा नगर्न उर्दी जारी गर्यो जनताले स्विकार्दै आएको अवस्थामा अहिलेको सामाजिक अवस्थालाई बिचार गरेर कानुनमा सरकारले उचित संसोधन गर्दै कडा कदम चाल्दै लाने र सामाजिक अभियन्ताहरुले समाजको परिवर्तनकारी स्वरूपलाई उचित ढंगले विषयको सरोकारवालासङ्ग मुद्दा कै रुपमा सम्बोधन गरी माग पुरा गराउने हो भने यो कानुनको पनि ईज्जत् रहने र नेपाली समाजको उच्च मुल्यांकन भई बेग्लै स्थानमा नेपाली समाजलाई पुर्याउन सकिन्छ ।

    -लेखक विनोद कुमार काफ्ले स्वयं एक पुर्ण अपांग अधिवक्ता हुन् । 

    २०७७, पौष ५ आइतवार०७:४०:०२
    प्रतिक्रिया
    सम्बन्धित समाचार