‘सशस्त्र प्रहरी महानिरीक्षक कप’ शुरु

‘सशस्त्र प्रहरी महानिरीक्षक कप’ शुरु

२०७७, पौष ६ सोमवार

  • 2.4K
    SHARES

  • ‘सशस्त्र प्रहरी महानिरीक्षक कप’ शुरु

    पौष ६, काठमाडौं ।

    सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आजदेखि ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७७’ खेलकुद प्रतियोगिता शुरु भएको छ ।

    सो प्रतियोगिता यही पौष ७ गतेसम्म नेपाल एपीएफ रङ्गशाला र राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालन हुनेछ । 

    पूटबल, भलिबल तथा एथलेटिक्सका विभिन्न इभेन्ट्सहरु समावेश रहेको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७७’ मा १८ जना महिलासहित कूल २७० खेलाडीको सहभागिता छ ।

    प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तथा सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयका एक–एक गरी नौ समूहको सहभागिता छ । 

    प्रतियोगिताको आज भएको एथलेटिक्स ८०० मिटर पुरुषतर्फको दौडमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका सशस्त्र प्रहरी जवान मङ्गल थारु प्रथम हुनुभएको छ भने महिला एक हजार ५०० मिटर दौडमा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थकी सशस्त्र प्रहरी जवान आशा रावत प्रथम भएकी छन् । 

    २०७७, पौष ६ सोमवार०७:१६:०४
    प्रतिक्रिया
    सम्बन्धित समाचार