नेपालले अमेरिकाविरुद्वको खेलमा पहिले व्याटिङ गर्ने

नेपालले अमेरिकाविरुद्वको खेलमा पहिले व्याटिङ गर्ने

२०७८, आश्विन १ शुक्रवार

  • 1.2K
    SHARES

  • नेपालले अमेरिकाविरुद्वको खेलमा पहिले व्याटिङ गर्ने

    काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा नेपालले अमेरिकाविरुद्व पहिले व्याटिङ गर्ने भएको छ । 

    ओमनको अल अमिरात क्रिकेट मैदानमा अमेरिकाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले सुरुवातमा ब्याटिङ गर्ने भएको हो ।

    अमेरिकाविरुद्धको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । बलर बिक्रम शोबको स्थानमा गुलशन झालाई टोलीमा समावेश गरिएको छ । राष्ट्रिय टोलीमा गुलशनको यो डेब्यु समेत हो ।

    आज अमेरिकालाई पराजित गदै लगातार दोस्रो जित दर्ता गराउने दाउमा नेपाल रहेको छ । यसअघि सोमबार भएको खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो । अमेरिका पनि नेपाललाई पराजित गर्दै यसअघिको हारको बदला लिने योजनामा देखिन्छ ।

    २०७८, आश्विन १ शुक्रवार०४:५८:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार