पौष ८, काठमाडौं ।
३ -३ वर्षमा हुने भट्टराईहरुको कुलपूजा (देवाली) पौष ८ गते देखि १३ गते सम्म हुने भएको छ । संसारभर नै छरिएर रहेका भट्टराईहरु एकजुट हुँदै मण्डप तयार गरेर गरिने कुलपूजा उनीहरुको महत्वपूर्ण कार्यक्रमको रुपमा रहिआएको छ ।
यसपालि कोरोना महामारीका कारण स्वास्थ्य सचेतना अपनाएर सामाजिक दुरी कायम गरिँदै पूजा आयोजना गरिने भट्टराई कुलवंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराईले जनाए ।
सदा झै टहरा निर्माण नगरिने, वैदिक पुरश्चरण ३ रातको र पूर्णाहुती ११ गते गरिने, बस्नै पर्ने अवस्था परे खाने बस्ने व्यवस्था आफै गर्नु पर्ने, बली दिनेले १३ गते बिहान ८ बजे देखि समितिले तोकेको स्थानमा बली ल्याई दर्ता गराउनु पर्ने(बली १३ गते), कुल मन्दीर परिशर भित्र बली लैजान नपाइने, कुल पक्ष शुरु भई सकेकोले कुलको दियो घर घरमा बाली आराधना गर्ने प्रतिष्ठान केन्द्रीय कार्यालय दमकको सुचनामा जनाइएको छ ।


