फेसबुकको नाम परिवर्तन : कम्पनीको नाम अब मेटा

फेसबुकको नाम परिवर्तन : कम्पनीको नाम अब मेटा

२०७८, कार्तिक १२ शुक्रवार

  • 2.5K
    SHARES

  • फेसबुकको नाम परिवर्तन : कम्पनीको नाम अब मेटा

    काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकले आफ्नो प्यारेन्ट कम्पनीको नाम परिवर्तन गर्ने निर्णय गरेको छ।

    समाचार संस्था रोयटर्सका अनुसार यसअघि फेसबुक इन्क नामको कम्पनीलाई अब मेटा भनिनेछ ।

    फेसबुकका सिइओ मार्क जुकरबर्गले कम्पनीको भर्चुअल कन्फरेन्समा बोल्दै हिजो (बिहीबार) नयाँ नाम घोषणा गरेका हुन् ।

    फेसबुक इन्कले फेसबुक, इन्स्टाग्राम, ह्वाटसएपलगायत सामाजिक सञ्जाल चलाउँदै आएको छ। प्यारेन्ट कम्पनीको नाम परिवर्तन भए पनि ती सामाजिक सञ्जालको नाम भने परिवर्तन नहुने बताइएको छ ।

    अमेरिका र अरू विभिन्न मुलुकका कानुन निर्माता र नियामक निकायहरूले फेसबुकमाथि निगरानी कडा पारेका बेला जुकरबर्गले कम्पनीको रिब्रान्ड गर्न नयाँ नाम घोषणा गरेका हुन् ।

    यो कुरा कम्पनीको नाम परिवर्तन गर्नेमा मात्र सीमित नभई भविष्यमा ‘मेटाभर्स’ मा जानका लागि गरिएको जुकरबर्गको भनाइ छ ।

    मेटाभर्स शब्द उपन्यासकार निल स्टेफेन्सनले बनाएका हुन् । सन् १९८२ प्रकाशित उनको उपन्यास ‘स्नो क्र्यास’मा पहिलो पटक यो शब्द प्रयोग गरिएको थियो। यो मेटा र युनिभर्स जोडेर बनाइएको शब्द हो ।

    द गार्डियनका अनसार मेटाभर्स एउटा यस्तो दुनियाँ हो जहाँ भौतिक र डिजिटल संसार एक हुन्छन् । मानिसहरू इन्टरनेटका माध्यमबाट काम गर्न सक्छन्, मिटिङ गर्न सक्छन्, कन्सर्टमा जान सक्छन् र किन्न लागेको नयाँ लुगा पनि आफूलाई फिट भएरनभएको हेर्न सक्छन् ।- एजेन्सी ।

    २०७८, कार्तिक १२ शुक्रवार०७:४२:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार