‘दोहोरी च्याम्पियन’को उपाधि स्याङ्जाको प्रकाशका जोडीलाई

‘दोहोरी च्याम्पियन’को उपाधि स्याङ्जाको प्रकाशका जोडीलाई

२०७८, कार्तिक १४ आइतवार

  • 1.5K
    SHARES

  • ‘दोहोरी च्याम्पियन’को उपाधि स्याङ्जाको प्रकाशका जोडीलाई

    कास्की । नेपाल टेलिभिजनको आयोजनामा सञ्चालित ‘पहिलो दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको जोडीले उचालेको छ ।

    पोखरास्थित फेवाताल किनारमा शनिबार साँझ सम्पन्न ‘फाइनल’ सो जोडीले उपाधिसहित रु २० लाख र रु एक करोड बराबरको जीवन बिमा पुरस्कार प्राप्त गर्न सफल भए । यसैगरी बालचन्द्र बराल र शोभा कार्कीको जोडी द्वितीय घोषित भए । उनीहरुले रु १० लाख र रु ५० लाखको बिमा पुस्कार पाए । 

    सविन आचार्य र रीता रावतको जोडी तृतीय बन्दै रु तीन लाख पुरस्कार पाए भने राजेन्द्र पाठक र मीना नेपालको जोडीले सान्त्वना स्थान हासिल गरेर रु दुई लाख पुरस्कार पाए । 

    प्रतियोगितामा विजयी कलाकारलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बललगायतले पुरस्कार वितरण गरेका थिए । 

    प्रतियोगिताको निर्णायकमा वरिष्ठ लोकगायक प्रजापति पराजुली, गायिका सीता थापा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रहेका गीतकार रमेश बिजी र गायक तथा गीतकार चन्द्र शर्मा थिए । नेपाल टेलिभिजनमार्फत हरेक हप्ताको शनिबार दोहोरी च्याम्पियन कार्यक्रम प्रसारण हुँदै आएको थियो ।

    देशभरबाट डिजिटल अडिशनबाट छनोट भएकामध्ये ३५ समूहको फिजिकल अडिशन हुँदै उत्कृष्ट २४ समूह छनोट गरिएको थियो । उत्कृष्ट २४ समूहबीच प्रतिस्पर्धा हुँदै ‘दोहोरी च्याम्पियन’ फिनालेसम्म पुगेको आयोजकले जनाएको छ । 

    २०७८, कार्तिक १४ आइतवार०८:११:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार