अब ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ शो आउने, विजेतालाई पुरस्कार कति ?

अब ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ शो आउने, विजेतालाई पुरस्कार कति ?

२०७८, मंसिर ८ बुधवार

  • 1.8K
    SHARES

  • अब ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ शो आउने, विजेतालाई पुरस्कार कति ?

    काठमाडौँ । नयाँ रियालिटी शो प्रसारण हुने भएको छ । भ्वाइस स्टार नेपाल प्रालिले निर्माण गर्ने ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ इमेज एचडी टेलिभिजनबाट प्रसारण हुने भएको हो ।

    सोमबार इमेज टिभी र भ्वाइस स्टार नेपाल प्रालिबीच सम्झौता भएको छ । यो रियालिटी शोले साङ्गीतिक क्षेत्रमा सङ्घर्ष गरिरहेका दूर दराजका प्रतिभालाई स्थान दिने बताइएको छ । शोको पहिलो चरणमा डिजिटल अडिसनबाट प्रतिस्पर्धीहरूको छनोट गरिनेछ ।

    डिजिटल अडिसन पुसको पहिलो साताबाट शुरु हुने बताइएको छ । अडिसनबाट छानिएका प्रतिभालाई फिजिकल अडिसनमा सहभागी गराइनेछ ।

    यो प्रतियोगिता २५ भागसम्म चल्ने छ । विजेताले २५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । दर्शकको भोटको आधारमा नै विजेताको घोषणा गरिनेछ ।- प्रशासन

    २०७८, मंसिर ८ बुधवार०९:२२:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार