प्रमोद खरेलको ‘खै कसरी’ बोलको गीत सार्वजनिक 

प्रमोद खरेलको ‘खै कसरी’ बोलको गीत सार्वजनिक 

२०७८, मंसिर १७ शुक्रवार

  • 1.8K
    SHARES

  • प्रमोद खरेलको ‘खै कसरी’ बोलको गीत सार्वजनिक 

    काठमाडौँ । गायक प्रमोद खरेलको स्वरमा सजिएको ‘खै कसरी’ बोलको गीत सार्वजनिक भएको छ । जेजी क्रियशन युट्युब च्यानलमार्फत निर्माण गरिएको गीत आज सार्वजनिक गरिएको हो । 

    प्रवासमा रहेर नेपाली गीत, सङ्गीतलाई माया गर्ने गीतकार ज्योति गुरुङले कोरेको शब्दमा सङ्गीतकार गङ्गाराज राईले लय हालेका हुन् ।  

    गीतको भिडियोमा मोडल नम्रता सापकोटा, विकास लामिछाने र भोजराज शर्मालाई फिचरिङ गरिएको छ । निर्देशक सुव्रतराज आचार्यको निर्देशन रहेको भिडियोमा जया शर्माले रचनात्मकता थपेका छन् ।  

    राइज मिडिया नेटवर्कले पोष्ट प्रोडक्शन गरेको भिडियोलाई उत्सव दाहालले छायाङ्कन गरेका छन् भने राजकुमार श्रेष्ठले सम्पादन गरेका छन् । 

    गुरुङको शब्दमा यसअघि परदेशी छोरी, यो कस्तो माया, मुटुको टुक्रालगायतका गीत बजारमा आइसकेका छन् ।

    २०७८, मंसिर १७ शुक्रवार०८:०८:५९
    प्रतिक्रिया
    सम्बन्धित समाचार