रियलको दबदबा कायमै, बार्सिलोना रोकियो

रियलको दबदबा कायमै, बार्सिलोना रोकियो

२०७८, मंसिर २७ सोमवार

  • 973
    SHARES

  • रियलको दबदबा कायमै, बार्सिलोना रोकियो

    काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत पहिलो मड्रिड डर्वीमा रियल मड्रिडले कठिन प्रतिद्धन्द्धीसँग पनि सहज जित निकालेको छ । आइतबार राति रियलले घरेलु मैदानमा एट्लेटिको मड्रिडविरुद्ध २-० गोलअन्तरको सहज जित पाएको हो ।

    १६औं मिनेटमा करिम बेन्जेमाले गरेको गोलमा रियलले अग्रता लिएको थियो । ५७औं मिनेटमा मार्को एसेन्सियोले अग्रता दोब्बर पारेका थिए ।

    रियाल १७ खेलबाट ४२ अंकसहित शीर्ष स्थानमा छ । २९ अंक बनाएको एट्लेटिको चौथो स्थानमा छ ।

    आइतबारै भएको अर्को खेलमा अन्तिम केहि मिनेट संहालिन नसक्दा बार्सिलोना ओसासुनासँग २-२ को बराबरीमा रोकिएको छ । १२औं मिनेटमा निको गोन्जोल्वेजको गोलमा बार्सिलोनाले अग्रता लिए पनि त्यसको दुई मिनेटपछि नै डेविड गार्सियाले गोल गरी ओसासुनालाई खेलमा फर्काएका थिए ।

    ४९औं मिनेटमा इजालजौलीले बार्सिलोनालाई पुनः अग्रता दिलाए । तर, खेल सकिन ४ मिनेट बाँकी हुँदा इज्क्वेल एभिल्लाले ओसासुनाका लागि पुनः बराबरी गोल फर्काएका हुन् ।

    बार्सिलोना १७ खेलमा २४ अंकसहित आठौं स्थानमा छ भने २२ अंक बटुलेको ओसासुना १० औं स्थानमा छ । -एजेन्सी । 

     

    २०७८, मंसिर २७ सोमवार०८:२४:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार