काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आजबाट शुरू हुँदै छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएको छ । केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई चुनौति दिने नेताहरु हाल यस पार्टीमा कोहि पनि देखिएका छैनन् ।
नेता प्रचण्डका समकालिन एवं प्रतिस्पर्धी नेताहरु मोहन वैद्य, डा. बाबुराम भट्टराई, रामबहादुर थापालगायतका नेताहरूले साथ छोडेपछि प्रचण्डले चाहेसम्म अध्यक्ष बन्न पाउने अवस्था देखिएको छ ।
उनी नेकपा माओवादी पार्टीमा ३० वर्षदेखि पार्टी अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
२०४८ सालमा नेकपा एकता केन्द्रको महामन्त्री बनेका उनी २०५१ सालमा आएर माओवादी बनाएयता हालसम्म अध्यक्षको भूमिकामा रहेका छन् । प्रचण्डकै चाहानामा पार्टी अगाडि बढ्दै आएको छ । पार्टीभित्र एकछत्र राज गर्दै आएका प्रचण्डपछि पार्टीको नेतृत्व कसले लिने भन्नेमा धेरै नेताहरूको दौडधुप चलेपनि स्वयं प्रचण्डले नछाडेसम्म अन्य नेताहरु कनिष्ठ हुने निश्चित जस्तै छ ।
प्रचण्डपथ व्युँताउन जरुरी भईसकेको भाषण दिएर नेता प्रचण्डको मन जित्न अन्य नेताले प्रयास गरेपनि स्वयं प्रचण्डले भने रुचि देखिएका छैनन् ।
अध्यक्षमा प्रचण्डको बिकल्प नभएपनि महासचिवमा भने संसदकी कर्मचारी बलात्कार आरोपमा परेका कृष्ण बहादुर महरा, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल लगाएतको दावी देखिएको छ ।