नेकपा फुट्नुका कारण - सुन्दर पन्त

नेकपा फुट्नुका कारण - सुन्दर पन्त

२०७७, पौष १७ शुक्रवार

  • 4.2K
    SHARES

  • नेकपा फुट्नुका कारण -  सुन्दर पन्त

    पौष १७, काठमाडौं ।

    यतीबेला सत्तारूढ़ नेकपामा एउटा दल, दुई पार्टी, तीन अध्यक्ष हुनुहन्छ । नेकपामा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली एउटा अध्यक्ष, दोस्रो अध्यक्ष पुष्पकमल दाहाल र तेस्रो अध्यक्ष माधव कुमार नेपाल । दोस्रो अध्यक्ष पुष्प कमल दाहालले केपी ओलीलाई अनुशासनकोकारवाही गरेर अध्यक्ष पदबाट हटाइ माधव कुमार नेपाललाई नयाँ अध्यक्ष वनाई सक्नु भयो ।

    अर्को तर्फ प्रथम पार्टी अध्यक्ष केपीओलीले ठुलो संख्यामा केन्द्रीय समितिमा केन्द्रीय सदस्यहरु थप गरी बहुमत सिध्द गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाललाई चुनौती दिईसक्नु भएको छ । यी दुबै पक्षले आफुहरु नै आधिकारिक नेकपा बताइरहेका छन ।

    नेकपाको आधिकारिकता र चुनाव चिन्ह बारेको यो विवाद यतिखेर निर्वाचन आयोग पुगेको छ । केही दिनभित्र यो विषयले निकास पाउला । तर दुबै पक्ष पछि पनि अदालत सम्म पुग्ने छाँट देखिएको छ । 

    महत्वाकांक्षी नेता द्वय :-  नेकपा पार्टी एकीकरण दुई नेताको नियोजित स्वार्थबाट मात्र भएको थियो, मात्र नियोजित स्वार्थबाट। दुबैदलका केन्द्रीय नेतासंग एकिकरणको विधी विधान, औचित्य, लक्ष्य, सिध्दान्त, प्रष्ट रुपमा राखिएको थिएन । केही सीमित नेता र नेताहरुको स्वार्थ र लहडमा गरिएको थियो । त्यसैले यो समस्या देखिएको हो ।

    अहिले पार्टीमा देखिएको विवादसंगै पार्टी एकीकरण गर्दा भएका गोप्य सम्झौता अक्षरशः पालना नगर्नु र गर्न नलगाउनु नै पार्टी फुटको कारण हो । पार्टी एकता गर्ने बेलामा कैयौ भित्री गोप्यकुरा समकालीन नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई समेत गुमराहमा राखिएको थियो । 

    पार्टी अध्यक्ष केपी ओली पहिलो चरणमा आफ्ना दुवै शीर्ष नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई किनारा लगाउने र त्यसपछि अर्का अध्यक्ष प्रचण्डलाई बिस्तारै किनारा लगाउने रणनीतमा लागे। त्यसको परिणाम हो आजको संकट । त्यसैगरी तल्लोतहको कमिटिहरुसंग पार्टी एकताको औचित्य बारे छलफल र वहस नहुनु नै आजको संकट हो भन्ने आम बुझाई छ ।

    जागिरे मन्त्रीको भुमिका :- नेकपा एमाले र नेकपा माओवादी बीच पार्टी एकीकरण पश्चात संसदीय निर्वाचनमा भागवण्डाबाट टिकट वितरण गरियो । संगठनको बल, क्रियाशीलता, सामर्थ्य बल बुध्दि प्रयोग गरेर निर्वाचनमा झण्डै दुइ तिहाईको संख्या जित हासिल गरेर सरकार निर्माण भयो । सरकार निर्माणमा पनि पुर्ववत नेकपा एमाले र माओवादी पार्टीबाट ६०-४० भागवण्डाको आधारमा मन्त्रीहरुलाई नियुक्त गरियो ।

    पार्टी एकीकरण भए पनि हरेक नियुक्तिमा प्रचण्ड र ओलीबीच भागवण्डा गरियो । त्यहाँ पनि अप्रत्यक्ष शक्ति संचय गर्न थाले । मन्त्रीहरु पार्टी भन्दा नेतालाई रिझाउने काममा लागे । सरकारका राम्रा भन्दा नराम्रा कामहरु बाहिरिन थाले । त्यसै कारण जन असन्तुष्ट बढ्दै गयो । दल एक भए पनि मन्त्रीहरुले आ-आफ्ना नेताहरुलाई सरकार संचालनको गतिविधि ब्रिफिंग गर्ने र ग़लत गतिविधि सुक्ष्म रुपमा अध्ययन गरिरहेका थिए ।

    त्यसैगरी प्रधानमन्त्री केपी ओली आफ्ना मन्त्रीहरुको यस्तो गतिविधि मन पराइरहेका थिएनन् । त्यसैले कहिलेकाँही मन्त्रीहरुलाई सचेत गराउँथे त कहिले चेतावनी पनि दिन्थे । प्रधानमन्त्री केपी ओलीसंग सबै डराउँथे । प्रधानमन्त्री केपी ओली जुनसुकै मन्त्रालयको निर्णय पनि आफुले चाहे बमोजिम उछिनपाछिन गरेर निर्णय गर्थे ।

    कसैले प्रतिवाद वा असहमति प्रकट गर्न सक्दैनथे । सबै मन्त्रीहरु निरीह जागिरे थिए । त्यसैले प्रधानमन्त्री केपी ओलीको दम्भ र अहंकार बढ्दै गयो । जनमत एकातिर पार्टी अर्कोतिर लाग्यो ।

    बालहठ कि केपी हठ :- नेकपाका प्रथम अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले बैठक पनि बोलाउन्नन्, बैठकमा पनि आउदै आउन्न वा जाँदै जान्न भन्नु पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री कत्ती जायज र न्यायोचित हो त ? यो विषयलाई केपी ओली निकट नेताहरुले सम्झाउन सक्नु पर्दैन ? पार्टी अध्यक्ष केपी ओलीले जे भने त्यही ठिक ठान्ने नेताहरुले बुझ्नु पर्दैन पार्टी पद्दती विधी विधान ।

    पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली यस विषयमा केटाकेटीले झै बालहठ अर्थात् केपी हठ देखाउनु भएको छ । यो केपी हठबाट नेकपा भित्रको एउटापक्ष त खुसी होला । तर अर्को पक्ष वाक्क दिक्क भएका थिए । सत्तारूढ दलको अध्यक्ष तथा प्रधानमन्त्रीबाट यस्तो गतिविधि जनताले चाहेका थिएनन् । यो पार्टी र मुलुक कै दुर्भाग्य विडम्बनाको विषय रह्यो । 

    जग हँसाई :- नेकपा मात्र हैन सबै दलभित्र त पक्ष विपक्ष हुन्छन छँदैछन् । दल भित्रै भर्खरै मात्र पहिचान बनाउदै गरेका ठेट्नी उरुन्ठेउले कार्यकर्ताहरुले दशकौ दशक राजनिती गरेका शीर्ष नेतालाई लक्षित गरेर तल्लो स्तरमा ओर्लेर नानाभाँतीको गाली-गलौज गर्ने र गर्न लगाउँदा पनि यस्तो अवस्था सृजना भएको हो ।

    यस्ता जग हँसाईले राम्रै राजनैतिक बजार तताएको छ । प्रतिपक्ष दल त रानो हराएको माहुरी झै मौन, अन्धो भैरहेको अवस्थामा नेकपा नै पक्ष र विपक्ष भएर रंगमंचमा नाटक मन्चन गरेको छ सारा नेपाली जनता मात्र हैन संसारै जग हँसाई हेरिरहेका थिए । यो किमार्थ राम्रो होइन ।

    खेल कि झेल :- राजनैतिक वृत्तमा दुबै पक्षले खेल आ-आफ्नो पक्ष बलियो पार्ने खेल झेल गरेर खेलेका छन् । नेकपा पार्टीमा यतीखेर ओली पक्षले दाहाल पक्षलाई दाहाल पक्षले ओली पक्षलाई झेली भनिरहेका छन् । राजनैतिक खेलमा ओली र प्रचण्ड दुबै कम चतुर खेलाडी हैनन् यद्यपि दुबैको चातुर्यले एकले अर्कालाई झेली ठानिरहेका छन् ।

    हुँदा हुँदा त दोस्रो पुस्ताका नेता पनि त्यही झेलमा जेलिएका छन् । त्यसै कारण पनि दोस्रो पुस्ताका नेतालाई आफुतिर आकर्षित गर्न साम, दाम  दण्ड भेद सबै हतकण्डा अपनाएका छन् । दुबै पक्षले अस्वस्थ कसरत गरेका छन् । रेफ्री बिना दुबैले रिक्त पोष्टमा गोल हाल्न लालायित भएर झेली खेल खेलेका छन् । त्यसैको परिणाम हो वर्तमान अवस्था । 

    किन फुट्यो नेकपा :- नेकपा एमाले र नेकपा माओवादीबीच एकिकरण पश्चात २०७४ को संसदीय निर्वाचनमा नेकपा ठुलो दल हुन्छ भनेर धेरैले आंकलन गरिसकेका थिए । भयो पनि । प्रचण्ड बहुमत सहितको (झण्डै दुई तिहाइ नजिक) पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार निर्माण भयो । यो सरकार निर्माणसंगै चिनिया पक्ष निकै खुसी देखिए ।

    किनकी नेपाल कम्युनिस्ट पार्टीलाई एकीकरण गर्ने उल्लेखनीय कार्य सम्पन्न गरेर निर्वाचनमा होमिएका थिए । त्यही सम्झौता हो सरकार र पार्टी संचालनको जिम्मा आधा आधा । चिनियाँ कम्युनिस्ट पार्टीको नेपालमा बढ्दो प्रभाव भारतीय संस्थापन पक्षले मन पराइ रहेका थिएनन् ।

    यसै बेला प्रधानमन्त्री केपी ओलीलाई खोक्रो राष्ट्रवाद देखाउन नेपाली भुमीमा भारतले दशकौदेखि सिमा सुरक्षाकालागि तैनाथी रहेका भारतीय सुरक्षाकर्मी र त्यसभुभागको दावी सहित मुलुकभित्रका राजनैतिक पार्टीहरुलाई एकतावध्द गर्दै मिचिएको र लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग नेपालको हो भनेर संविधान नै शंसोधन गरेर चुच्चे नक़्शा प्रकाशित गरे पछि भारतीय संस्थापन पक्ष प्रधानमन्त्री केपी ओलीसंग सशंकित भयो ।

    यता चीनियाँ पक्ष यही चाहन्थे । यहीबाट पार्टीभित्र कचिंगल शुरु भयो । पार्टीमा मुसा प्रवृत्ति प्रवेश पायो । त्यहीबाट प्वाल पार्न थालियो । पार्टी फुटको श्रृंखला यहीँबाट शुरु भयो ।

    पत्र बम :- २ पाने, १९ पाने आरोप पत्र र र ३८ पाने पत्र बमले एक अर्काबीच धुँवाधार जुवारी चल्यो । यही पत्रबाट पक्ष र विपक्ष प्रष्टरुपमा दुइ खेमामा छुट्टिएका छन् । एकले अर्कोलाई आरोप प्रत्यारोप गरे । दुबैले आ-आफ्ना गुटको भेला गर्दै एकले अर्कोलाई सत्तोसराप गरे /गरिरहेका छन् । दुबै पक्षका शीर्ष नेताहरु शक्ति संचय गर्दै एक अर्कालाई चुनौती दिए यसको परिणाम नै फुट हो भनेर मान्न सकिन्छ ।

    यता टाल्यो उता फाट्यो :- पार्टी भित्रको केही (दोस्रो पुस्ता) मध्यमार्गी धारका नेताहरु जसरी पनि पार्टीलाई एकतावध्द वनाउन इमान्दार अथक प्रयास गरेका थिए । यो सह्रानिय पहलकदमी थियो । भलै कोही पद जोगाउन कोही पद प्राप्त गर्न र गुटमा रमाउनेहरु पनि आफ्नो पक्षमा पार्न दुबै पक्ष प्रयासरत थिए । तैपनि यिनीहरु दुबै समूहमा तटस्थ देखिए पनि कुनै न कुनै पक्षका निकट मानिन्थे । यताटाल्यो-उता फाट्छ, उता टाल्यो उता फाट्छ यस्तो अवस्था थियो ।

    दोस्रो पुस्ताका नेताहरुले पछिल्लो दिनहरुमा न प्रधानमन्त्री केपी ओलीलाई मनाउन सके न प्रचण्डलाई मनाउन सके । दुबैका कुरा सुन्ने पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीलाई सुनाउन नसक्ने अर्का अध्यक्ष प्रचण्डलाई सुनाउने अनि अलि अलि घुर्काउने, धम्काउने र थर्काउने पनि गरे । प्रचण्ड, माधव कुमार, झलनाथलाई भने जस्तैगरी केपी ओलीलाई भनेको भए यस्तो अवस्था आउदैन्थ्यो ।

    पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीका हलकारा झै विष्णु पौडेल, शंकर पोखरेल र सुवास नेम्वांग खुमलटार, कोटेश्वर, डल्लु र बालुवाटार घुम्दैमा फुर्सद भएन । यी तिनै नेताहरु प्रचण्ड, माधव नेपाल र झलनाथ खनाललाई कहिले फकाउने, घुर्काउने र धम्काउने बाहेक केही उपलब्धि हात पार्न सकेनन् ।

    प्रचण्ड समुहहरुको उचित सल्लाह सुझावहरुलाई प्रधानमन्त्री केपी ओलीलाई हुवहु स्पष्ट सुनाउन पनि सकेनन् । केपी ओलीका कुरा सुनेर दौडने बाहेक अरु केही गर्न सकेनन्। त्यसै कारण पनि विषय जटिल बन्दै आएको हो भन्ने आम नेता कार्यकर्ताको बुझाई छ ।

    प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र बालुवाटारको स्टेप थाहा भए पनि केही नभन्ने । तर अर्को पक्षको सुराकी गर्ने भुमिकाले पार्टी फुटको संघारमा पुगेको हो । दिनदिनै नयाँ नयाँ राजनैतिक घटनाक्रमले यो समुहलाई पनि धर्मसंकटमा पार्दै लगेको थियो । त्यसैले पार्टी फुट्यो ।

    अव के त ?- उहाँ स्वयंको संलग्नतामा वर्तमान संविधान निर्माण भएको हुँदा उहाँलाई संविधानको मर्म र भावना अक्षरशः ज्ञान छ नै । दुईतिहाई नजिक बहुमत प्राप्त सरकार प्रमुख केपी ओलीले नयाँ जनादेशको लागि जनतामा जान्छु भन्नु ठिक बेठिक के हो सर्वोच्च अदालतले संविधानको व्याख्या गर्ला तर नेकपा पार्टीभित्रको झगडा र कचिंगललाई निमिट्यान्न पार्न वर्तमान संसद विघटन गरेर नयाँ जनादेशको बाटो रोज्नु भएको हो भने यो गलत बाटो हुनुपर्छ । 

    २०७७, पौष १७ शुक्रवार०५:३५:१२
    प्रतिक्रिया
    सम्बन्धित समाचार