४ खेल अगावै फ्रेन्च लिगको उपाधि पीएसजीलाई

४ खेल अगावै फ्रेन्च लिगको उपाधि पीएसजीलाई

२०७९, बैशाख ११ आइतवार

  • 901
    SHARES

  • ४ खेल अगावै फ्रेन्च लिगको उपाधि पीएसजीलाई

    काठमाडौं । पेरिस सेन्ट जर्मेन ‌(पीएसजी) ले फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको छ। घरेलु मैदानमा लेन्ससँग १-१ गोलको बराबरी खेल्दै (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको हो।

    शनिबार राति दोस्रो स्थानको मार्सेलीविरुद्ध १६ अंकको अग्रता बनाउँदै पीएसजीले चार खेल अघि नै दशौँ पटक फ्रेन्च लिग वानको उपाधि पक्का गरेको थियो।

    पीएसजीले सन् १९८६, १९९४, २०१३, २०१४, २०१५, २०१६, २०१८, २०१९, २०२० र २०२२ मा उपाधि जित्न सफल भएको छ।

    खेलको ६८औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाए । ८८ औं मिनेटमा कोरेन्टिन जिनले गोल गर्दै १० खेलाडीमा सीमित लेन्सलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

    बराबरीसँगै पीएसजीले ३४ खेलबाट ७८ अंक जोडेको छ। लेन्स ५४ अंक जोडेर सातौँ स्थानमा छ ।

    च्याम्पियन्स लिगमा गोलकिपरको सानो गल्तिका कारण उपाधि जित्ने धोको अधुरै रहेको पिएसजीलाई लिगमा भने सान्त्वना जित प्राप्त भएको छ ।

    स्टार खेलाडी मेसी, नेयमार, एमवाप्पे, रामोश लगाएतको टिमका कारण विश्वकै शक्तिशाली क्लवमा दर्ज हुन प्रयासरत पिएसजीलाई च्याम्पियन्स लिगको क्वाटरफाइनलमा रियल म्याड्रिडले फुर्तिलो खेल देखाउँदै पिएसजीलाई स्तव्ध बनाएको थियो । सो खेलका नायक करिम बेन्जेमा रहेका थिए । 

    २०७९, बैशाख ११ आइतवार०८:१४:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार