गठबन्धनमा एकिकृत समाजवादीलाई चरम उपेक्षा, निरास कार्यकर्ता पलायनको मनस्थितिमा 

गठबन्धनमा एकिकृत समाजवादीलाई चरम उपेक्षा, निरास कार्यकर्ता पलायनको मनस्थितिमा 

२०७९, बैशाख १२ सोमवार

  • 1.8K
    SHARES

  • गठबन्धनमा एकिकृत समाजवादीलाई चरम उपेक्षा, निरास कार्यकर्ता पलायनको मनस्थितिमा 

    काठमाडौं । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा सत्ताधारी पार्टी माधव कुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीलाई गम्भिर धक्का लाग्ने भएको छ ।

    सत्ता गठबन्धनमा सम्मानपूर्वक आफुले भाग पाउनु पर्ने दावी गर्दै आएका नेपाललाई कांग्रेस र माओवादी केन्द्रले उचित स्थान नदिए पछि जनतामा स्थापित हुने मौका कमजोर प्रायः बन्दै गएको हो । नेता नेपाल ६ महिना अघि मात्र आफैँले निर्माण गरेको नेकपा एमाले पार्टी फोडेर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी लगाएतसँग गठबन्धन गर्दै अध्यक्ष ओलीलाई प्रधानमन्त्रीबाट ओराल्न सफल भएका थिए । 

    गठबन्धन गर्दा शुरुका दिनमा हौसिएका माधव कुमार नेपाललाई स्थानिय तहका निर्वाचनमा तालमेल गरेर क्षेत्र बाँडफाँड गर्दा गठबन्धनका अन्य पार्टीले हैसियत नभएको भन्दै कटाक्ष मात्र गरेनन्, क्षेत्र बाँडफाँडका विषयमा पटक पटक गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दा पनि सम्बोधन हुन सकेन । यद्यपि यो समाचार तयार पार्दा सम्म गठबन्धनले माधव नेपालको पक्षमा निर्णय गर्ने छाँटकाँट देखिइसकेको छैन । 

    यता पार्टीलाई गठबन्धनका अन्य दलले केही स्थानिय निकायमा प्रमूख, उपप्रमूख दिएर अधिकांश स्थानमा तालमेल गर्दा वडाध्यक्ष र सदस्यमा मात्र सिमित गरिएको भन्दै कार्यकर्तामा चरम निराशा देखिएको छ । पार्टी विभाजनका लागि १० भाई जिम्मेवार मात्र छैनन्, उनीहरुका कारण हाम्रै राजनीतिक भविष्य पनि सिद्धियो आक्रोशपूर्ण भाषामा युवासंघ सम्बद्ध केन्द्रीय तहका पदाधिकारीको भनाई छ । 

    शुरुमा विद्रोह भन्दै उक्साएर आफु भने फरक्क फर्किएर पहिलाकै ठाउँमा १० भाई पुगेपनि आफुहरु दास हैन भन्दै 'इगो' का कारण एमालेमा फर्कन नसकेको अर्का केन्द्रिय सदस्यको भनाई छ । 

    अहिले पनि विद्रोह भन्दै प्रशिक्षण गराइए पनि देशैभर लज्जास्पद हार हुने दु:खको अवस्था आएकाले तत्काललाई के गर्ने भन्ने सोच्नै नसक्ने अवस्था बनेको उनको भनाई छ । आफन्त र नजिकका भनिएका नेताहरु मन्त्री बने, राजनीतिक नियुक्ति पाए तर हामी जस्ता सोझा कार्यकर्तालाई अब पार्टी हारे पनि एमाले हराउनु पर्छ भन्दै कडा निर्देशन आउने भएकाले आफुहरु उक्त आत्मघाती काममा सामेल नहुने उनको भनाई थियो । 

    गठबन्धनका पार्टीको व्यवहार बुझ्न मध्यरातमा आएको शहरीविकास मन्त्री रामकुमारी झाँक्रीको फेसबुक स्टाटसलाई एकचोटि पढ्न पनि उनको आग्रह छ । 

    २०७९, बैशाख १२ सोमवार०८:२८:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार