आइपिएल : हैदराबादलाई ५ विकेटले पराजित गर्दै गुजरात प्लेअफ नजिक

आइपिएल : हैदराबादलाई ५ विकेटले पराजित गर्दै गुजरात प्लेअफ नजिक

२०७९, बैशाख १५ बिहिवार

  • 1.3K
    SHARES

  • आइपिएल : हैदराबादलाई ५ विकेटले पराजित गर्दै गुजरात प्लेअफ नजिक

    नयाँ दिल्ली । सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्दै गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिगमा सातौं जित निकाल्दै प्लेअफ नजिक पुगेको छ।

    जितका लागि १९६ रनको लक्ष्य पछ्याएको गुजरातले २० औं ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

    गुजरातका ऋद्धिमान शाहले सर्वाधिक ६८ रन बनाए। राहुल टेवाटियाले ४० रनको योगदान गरे। उमरान मलिकले एक्लै ५ विकेट लिए।

    यसअघि मुम्बईमा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९५ रन बनायो।

    हैदराबादका ओपनर अभिषेक शर्माले सर्वाधिक ६५ रन बनाए। यस्तै, एडेन माक्ररमले ५६ रनको योगदान गरे। गुजरातका मोहम्मद शामीले ३ विकेट लिए।

    जितपछि गुजरात ८ खेलबाट १४ अंक जोड्दै शीर्ष स्थानमा छ। राजस्थान रोयल्स ८ खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा छ।- एजेन्सी ।

     

    २०७९, बैशाख १५ बिहिवार०७:४३:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार