तेस्रो टी-ट्वान्टीमा नेपाल र जिम्बावे ‘ए’ को खेल आज 

तेस्रो टी-ट्वान्टीमा नेपाल र जिम्बावे ‘ए’ को खेल आज 

२०७९, बैशाख २१ बुधवार

  • 989
    SHARES

  • तेस्रो टी-ट्वान्टीमा नेपाल र जिम्बावे ‘ए’ को खेल आज 

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज बुधबार पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दै छ ।

    नेपालले तेस्रो टी-ट्वान्टी अन्तर्गत आज जिम्बावे ‘ए’ विरुद्ध खेल्न लागेको हो । टियु क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बिचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

    नेपाल आज जिम्बावेविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । आइतबार भएको पहिलो खेलमा जिम्बावेसँग नेपाल ६ विकेटले पराजित भएको थियो ।

    जिम्बावे भने नेपालविरुद्ध दोस्रो जित निकाल्न चाहन्छ । नेपाल र जिम्बावेबीचको दोस्रो टी-ट्वान्टी भने वर्षाले रद्द भएको थियो ।

    आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो।

    टी-ट्वान्टी सिरिजपछि नेपालले तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।

    २०७९, बैशाख २१ बुधवार०७:३१:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार