रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा, अन्तिम मिनेटमा सिटी स्तव्ध

रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा, अन्तिम मिनेटमा सिटी स्तव्ध

२०७९, बैशाख २२ बिहिवार

  • 1.1K
    SHARES

  • रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा, अन्तिम मिनेटमा सिटी स्तव्ध

    मड्रिड । स्पेनिस क्लब रियल मड्रिड युइएफए च्याम्पियन्स लिगको फाइनल प्रवेश गरेको छ।

    गए राति भएको सेमिफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई ३–१ ले हराउँदै मड्रिड फाइनल प्रवेश गरेको हो। मड्रिडले सिटीलाई समग्रमा ६-५ ले हराएको हो।

    मड्रिडको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडका रोड्रिगोले दुई र करिम बेन्जिमाले एक गोल गरे भने सिटीका तर्फबाट रियाज महरेजले एक गोल गरेका थिए ।

    पहिलो हाफमा कुनै पनि टिमबाट गोल हुन सकेन। दुवै टिमले पाएका केही अवसर सदुपयोग गर्न सकेनन्।

    खेलको ७३ औँ मिनेटमा महरेजले गोल गरी सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको ९० औँ मिनेटमा रोड्रिगोले गोल गरी मड्रिडलाई बराबरीमा ल्याए। पहिलो गोल गरेको एकै मिनेटपछि रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गर्दै मड्रिडलाई २-० ले अगाडि बढाए।

    इन्ज्युरी समयमा करिम बेन्जिमाले पेनाल्टीमार्फत् गोल गरी मड्रिडलाई सानदार जित दिलाए।

    पहिलो लेगमा मड्रिड ४-३ ले पराजित भएको थियो।

    मड्रिडले अब फाइलनमा लिभरपुलसँग प्रतिस्पर्धा गर्नेछ।

    फाइनल खेल मे २९ मा हुनेछ। -एजेन्सी । 

     

    २०७९, बैशाख २२ बिहिवार०७:३६:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार