पहिलो एकदिवसीयमा जिम्बावे ‘ए’ टिमविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

पहिलो एकदिवसीयमा जिम्बावे ‘ए’ टिमविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

२०७९, बैशाख २३ शुक्रवार

  • 1.2K
    SHARES

  • पहिलो एकदिवसीयमा जिम्बावे ‘ए’ टिमविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

    काठमाडौं । जिम्बावे ‘ए’ टिम विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालले पहिले ब्याटिङ गर्दै छ । जिम्बावे ‘ए’ ले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

    तीन खेलको टी-२० शृङ्खलापछि यी दुई टोली एकदिवसीय खेल खेल्न लागेका हुन् । तीन खेलको टी-२० शृङ्खलामा दुवैले एक९एक खेल जित्दै शृङ्खला बराबरी गरेका थिए । एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।

    एकदिवसीय खेलका लागि नेपाली टिममा केही परिवर्तन समेत गरिएको छ । कप्तान सन्दीप लामिछानेसँगै स्पीनरद्वय सागर ढकाल र सुशन भारी पहिलो रोजाइमा खेल्दै छन् । यस्तै फास्ट बलरमा सोमपाल कामी र करण केसी नै निरन्तर छन् । अलराउण्डरको रूपमा आदिल अन्सारी छन् ।

    ओपनसङ आसिफ शेख र कुशल भुर्तेलले गर्नेछन् भने आरिफ शेख, दीपेन्द्र सिंह ऐरी र रोहित पौडेल मिडल अर्डरमा छन् ।

    विनोद भण्डारी, देव खनाल, विक्रम सोब र किशोर महतो बेन्चमा छन् । सुनिल धमला भने टिम लिस्टमा पनि अटाएका छैनन् ।

    २०७९, बैशाख २३ शुक्रवार११:३५:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार