१५औं स्थानको ट्रोएससँग पीएसजीको बराबरी 

१५औं स्थानको ट्रोएससँग पीएसजीको बराबरी 

२०७९, बैशाख २६ सोमवार

  • 1.5K
    SHARES

  • १५औं स्थानको ट्रोएससँग पीएसजीको बराबरी 

    पेरिस । फ्रेन्च लिग वान च्याम्पियन बनिसकेको पेरिस सेन्ट जर्मेन (पीएसजी) आइतबार राति भएको खेलमा २-० को अग्रता जोगाउन नसक्दा ट्रोएससंग २-२ गोलको बराबरीमा रोकिएको छ।

    पिएसजीले घरेलु मैदान पार्क प्रीन्सेसमा भएको खेलमा मार्किन्होस र नेयमारले गोल गर्दा २-० को अग्रता बनाएको थियो।

    तर ट्रोएसका इके उग्वो र फ्लोरिएन टारडिउले गोल फर्कापछि दुबै टोली अंक बाढ्न बाध्य भए।

    बराबरीसँगै पीएसजीको ३६ खेलबाट ८० अंक छ। ट्रोएस ३७ अंक जोडेर १५औं स्थानमा छ। -एजेन्सी । 

    २०७९, बैशाख २६ सोमवार०७:५८:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार