गुजरातसँग लखनउ जायन्ट निरिह, प्लेअफ पुग्न अझै कुर्नपर्ने 

गुजरातसँग लखनउ जायन्ट निरिह, प्लेअफ पुग्न अझै कुर्नपर्ने 

२०७९, बैशाख २८ बुधवार

  • 1.6K
    SHARES

  • गुजरातसँग लखनउ जायन्ट निरिह, प्लेअफ पुग्न अझै कुर्नपर्ने 

    लखनउ । आइपिएल क्रिकेटमा गुजरातसँग लखनउ जायन्टले निरश प्रदर्शन गरेको छ । 

    मंगलवार राति लखनउ जायन्ट्सलाई ६२ रनले हराउँदै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगिताको प्लेअफमा प्रवेश गरेको हो।

    गुजरातले दिएको १४५ रनको लक्ष्य पछ्याएको लखनउ १३ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ८२ रनमा समेटियो।

    लखनउका दिपक होडाले सर्वाधिक २७ रन जोड्दा क्विन्टन डी ककले ११ रन जोडे। अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन्। गुजरातका राशिद खानले ४ विकेट लिए।

    यसअघि पुनेमा टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १४४ रन जोडेको थियो। गुजरातका शुबमन गीलले सर्वाधिक ६३ रन बनाए। यस्तै, डेभिड मिल्लरले २६ रनको योगदान गरे।

    जितसँगै गुजरात १२ खेलबाट १८ अंक जोडेर शीर्ष स्थानमा छ। लखनउ १२ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा छ।

    आइपिएलमा नयाँ टोलीको रूपमा भित्रिएका गुजरात र लखनउको पहिलो वर्ष नै उच्च लयमा छन्। यद्यपि प्लेअफमा पुग्न लखनउले अन्य प्रतिस्पर्धीसँग पुनः कडा प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । -एजेन्सी । 

    २०७९, बैशाख २८ बुधवार०७:५५:२५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार