आईपीएलः चेन्नईलाई पराजित गर्दै राजस्थान प्लेअफमा 

आईपीएलः चेन्नईलाई पराजित गर्दै राजस्थान प्लेअफमा 

२०७९, जेठ ७ शनिवार

  • 2.1K
    SHARES

  • आईपीएलः चेन्नईलाई पराजित गर्दै राजस्थान प्लेअफमा 

    काठमाडौँ । चेन्नई सुपर किङ्सलाई ५ विकेटले हराउँदै राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको प्ले अफमा प्रवेश गरेको छ।

    शुक्रबार राति चेन्नईले दिएको १५१ रनको लक्ष्य राजस्थानले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍ये।

    राजस्थानको जितमा यासभी जैसवालले सर्वाधिक ५९ रन बनाए। चेन्नईका प्रशान्त सोलान्कीले २ विकेट लिए।

    यसअघि मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १५० रन जोड्यो।

    चेन्नईका मोइन अलिले सर्वाधिक ९३ रनको इनिङ खेले। राजस्थानका युजभेन्द्र चाहल र ओबेड म्याककोएले समान २ विकेट लिए।

    जितसँगै राजस्थान १४ खेलबाट १८ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। चेन्नई १४ खेलबाट ८ अंक जोडेर नवौँ स्थानमा छ।

    यसअघि प्लेअफमा लखनउ सुपर जायन्ट र गुजरात टाइटन्स पुगिसकेका छन्।

    २०७९, जेठ ७ शनिवार०७:३१:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार