आइपिएल : दिल्ली पराजित हुँदा बेङ्ग्लोर प्लेअफमा

आइपिएल : दिल्ली पराजित हुँदा बेङ्ग्लोर प्लेअफमा

२०७९, जेठ ८ आइतवार

  • 1.2K
    SHARES

  • आइपिएल : दिल्ली पराजित हुँदा बेङ्ग्लोर प्लेअफमा

    काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई हराएको छ ।

    महत्त्वपूर्ण खेलमा दिल्ली मुम्बईसँग पराजित भएसँगै रोयल च्यालेञ्जर्स बेङ्ग्लोर प्लेअफमा पुगेको छ । दिल्ली ५ विकेटले पराजित भएपछि बेङ्ग्लोर १६ अङ्कका साथ अन्तिम चारमा रहेर प्ले अफमा पुगेको हो ।

    जितका लागि १ सय ६० रनको लक्ष्य पछ्याएको मुम्बईले १९ ओभर १ बलमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । मुम्बईका ईशान किशनले सर्वाधिक ४८ रन जोडे । दिल्लीका शार्दुल ठाकुर र एनरिच नोर्कियाले २-२ विकेट लिए । त्यसअघि मुम्बईमा टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो ।

    दिल्लीका रोभम्यान पावेलले सर्वाधिक ४३ रन बनाए । मुम्बईका जस्प्रित बुमराहले ३ तथा रमनदीप सिंहले २ विकेट लिए । गुजरात, राजस्थान रोयल्स र लखनउ यसअघि नै प्ले अफमा पुगिसकेका छन् । -एजेन्सी । 

    २०७९, जेठ ८ आइतवार०८:१२:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार