‘सी’ डिभिजन लिगको उपाधि झापा फुटबल क्लबलाई

‘सी’ डिभिजन लिगको उपाधि झापा फुटबल क्लबलाई

२०७९, जेठ २० शुक्रवार

  • 1.1K
    SHARES

  • ‘सी’ डिभिजन लिगको उपाधि झापा फुटबल क्लबलाई

    काठमाडौं । झापा फुटबल क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगको उपाधि जितेको छ ।

    सहिद स्मारक ‘सी’ डिभिजन लिग अन्तर्गत शुक्रवार भएको अन्तिम खेलमा स्वयम्भू फुटबल क्लबलाई ४–२ गोल अन्तरले हराउँदै झापा च्याम्पियन बनेको हो ।

    झापालाई जित दिलाउन विशाल खवासले दुई गोल गरे । यस्तै मनिष लिम्बु र पूजन राईले एक एक गोल गरे । स्वयम्भूका पाल्साङ लामा र राजीव मगरले एक एक गोल फर्काए ।

    लिग विजेता झापाले १३ खेलको समाप्तिमा ३४ अङ्क जोड्यो । दोस्रो बनेको प्लानिङ ब्वाइजले ३१ अङ्क जोड्यो । प्लानिङ समेत बी डिभिजनमा बढुवा हुने दोस्रो टोली बनेको छ । झापा यसअघि नै दोस्रो डिभिजनको लिगमा उक्लिएको थियो ।

    यस्तै, झापा फुटबल क्लबका पारस कार्की लिगका सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले व्यक्तिगत उपाधि सहित ५० हजार रुपैयाँ प्राप्त गरे ।

    प्रतियोगितामा प्लानिङ ब्वाइजका लोकेश चौधरी उत्कृष्ट गोलकिपर घोषित भए । उनले ३५ हजार रुपैयाँ प्राप्त गरे ।

    प्रतियोगितामा फागुराम थारु र खेमराज तामाङ सर्वाधिक गोलकर्ता बने । दुवैले समान १४ गोल गरेका थिए । दुवैले ३५ हजार रुपैयाँ प्राप्त गरे ।

    २०७९, जेठ २० शुक्रवार०६:४०:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार