अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलद्वारा जापान पराजित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलद्वारा जापान पराजित

२०७९, जेठ २४ मंगलवार

  • 1.2K
    SHARES

  • अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलद्वारा जापान पराजित

    टोकियो । स्टार खेलाडी नेयमारको निर्णायक गोलप्रेरित ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एसियाली प्रतिस्पर्धी जापानलाई १–० ले पराजित गरेको छ।

    सोमबार टोक्योस्थित जापान नेसनल स्टेडियममा भएको खेलमा पाहुना टोली ब्राजिलको जितमा नेयमारले ७७औं मिनेटमा पेनाल्टीमा गोल गरे।

    यसै वर्ष कतारमा हुने विश्वकपअघि दुई देशले मैत्रीपूर्ण खेल खेलेका हुन्। यसअघि पहिलो मैत्रीपूर्ण खेलमा जापानले अर्को दक्षिण अमेरिकी प्रतिद्वन्दी पाराग्वेमाथि ४–१ को सहज जित निकालेको थियो।

    ब्राजिलले पनि पहिलो खेलमा एसियाली राष्ट्र दक्षिण कोरियालाई ५–१ ले पराजित गरेको थियो।

    जापानले हालसम्म ब्राजिललाई हराउन सकेको छैन। -एजेन्सी । 

    २०७९, जेठ २४ मंगलवार०७:३४:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार