थाइल्याण्डद्वारा नेपाललाई ९० रनको लक्ष्य

थाइल्याण्डद्वारा नेपाललाई ९० रनको लक्ष्य

२०७९, जेठ २४ मंगलवार

  • 1.2K
    SHARES

  • थाइल्याण्डद्वारा नेपाललाई ९० रनको लक्ष्य

    काठमाडौं । आइसिसी उन्नाइस वर्षमुनि (यु–१९) महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा थाइल्यान्डले नेपाललाई जितका लागि ९० रनको लक्ष्य दिएको छ ।

    मलेसियाको युकेएम ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको थाइल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुएर ८९ रन जोड्यो ।

    थाइल्याण्डका लागि थिपत्चा पुत्थावोङले सर्वाधिक २० रन जोडिन् । त्यस्तै बान्थिदा लेप्हाथानाले १९ तथा सुवानन खिओतोले १६ रनको योगदान दिइन् । 

    नेपालको मनीषाकुमारी उपाध्याय र कृतिका मरासिनीले समान दुईरदुई विकेट लिइन् भने स्नेहा महराको नाममा एक विकेट रह्यो । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

    यसअघि तीन खेल खेलेको नेपालले दुई खेलमा जित तथा एक खेलमा हार व्यहोरेको छ । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो भने दोस्रो खेलमा युएईसँग १० विकेटले पराजित भएको थियो ।

    तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराएको थियो । 

    २०७९, जेठ २४ मंगलवार०२:५०:२१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार