जोर्डनद्धारा नेपाल २-० ले पराजित

जोर्डनद्धारा नेपाल २-० ले पराजित

२०७९, जेठ २६ बिहिवार

  • 941
    SHARES

  • जोर्डनद्धारा नेपाल २-० ले पराजित

    कुवेत । एएफसी एसियन कप छनोट २०२३ को तेस्रो चरणअन्तर्गत पहिलो खेलमा नेपाल बलियो टोली जोर्डनसँग २-० अन्तरले पराजित भएको छ।

    बुधबार राति कुवेत सिटीस्थित जाबिर अल अहमद स्टेडियममा पहिलो हाफमा जोर्डनलाई रोकेको नेपाल दोस्रो हाफमा भने त्यसलाई निरन्तरता दिन सकेन।

    जोर्डनको जितमा अलि ओल्वन र हाम्जा अल दारदौरले एक-एक गोल गरे।

    पहिलो हाफमा नेपालका गोलकिपर दीप कार्कीले पेनाल्टी बचाउँदा जोर्डम दबावमा आएको थियो। पहिलो आधिकारिक प्रतियोगितामै सुरुवाती एघारमा स्थान बनाएका दीपले खेलको ४३ औँ मिनेटमा जोर्डनका मौसा मोहमद सुलेमानको पेनाल्टी बचाएका थिए।

    जितसँगै जोर्डनले पहिलो खेलबाट ३ अंक जोडेको छ । नेपाल बिनाअंक समूह बीको पुछारमा छ। आज नै भएको खेलमा आयोजक कुवेत इन्डोनेसियासँग १-० ले पराजित भयो।

    नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुलाह अल्मुतारीले युवा खेलाडीले राम्रो प्रदर्शन गरेको र जोर्डनलाई रोक्न असफल भएको बताए।

    यस खेलमा दीपसँगै विकास तामाङले समेत नेपालका लागि डेब्यु गरेका छन्। सेन्ट्रल ब्याक विकासले पूरा समय मैदानमा बिताएका थिए।

    अब नेपालले २८ जेठमा घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ। -एजेन्सी । 

    २०७९, जेठ २६ बिहिवार०८:०५:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार