सिख मतका आर्चाय श्री गुरु नानक देवजीको जन्म संवत १५२६ बैशाख २ गते तदनुसार १५ अप्रील सन १४६९ मा राईभोइ तलवण्डी (हाल नानकाणा साहिव नामले प्रसिद्ध छ) मा भएको हो । यो स्थान हाल पाकिस्तानमा पर्छ । श्री गुरुजीको माता त्रीप्ता र पिता कल्याण दास कालु चंद पटवारी हुनुहुन्थ्यो ।
नानक देवजी बालककालमा शान्त स्वभावको हुनुहुन्थ्यो र कसै संग नखेल्ने स्वभावको भएकाले, आमाले कर गरेर खेल्न पठाउँदा, बच्चाहरुलाई जम्मा गरेर आज नयाँ खेल खेलौँ भनेर सबै बच्चाहरुलाई पद्माशन लगाएर गोलो घेरामा शान्त भएर बस्न लगाउनु भयो र मन मनै “ सत्य कत्र्तार” “ सत्य कत्र्तार” भन्दै जाओ भनेर अह्राउनु भयो यसै गरी बच्चाहरु लामो समय मौन समाधीको अवस्थामा रहे यो देखेर कस्तो खेल खेल्दैछन् भनी र्हेन आएको गुरु नानक देवजीको आमा अचम्ममा पर्नु भयो । गुरु नानक देवजीको पिताले नानक देवजीलाई सन १५३२, १५३५ र १५३९ मा क्रमश गोपाल पंण्डीत, ब्रजलाल पंण्डीत र मौलाना कुतुबुद्दीन कहाँ क्रमशः हिन्दी, संस्कृत एवं फारसी पढ्न पठाएकोमा पढ्नुको बदला आफ्नो अध्यात्मिक बलद्धारा सबैलाई आफ्नो शिश्य बनाउनु भयो ।
गुरु नानक देवजी सधैभरी चिन्तनमा रहनुहुन्थ्यो आफ्नो पिताको कारोबारमा लाग्न लाग्नु भएन एक दिन कर गरेर केही रकम दिएर सामान किन्न पठाउनु भयो ताकी सो समान बेचेर केही कमाउनु होस् तर गुरु नानक देवजीले त्यो रकमको सामान ल्याउनुको साटो गरिब दुःखीलाई बाँडेर आउनु भयो । पिताजी रिसाउनु भयो, पिट्नु पनि भयो । यो घटनाको कारण गुरु नानक देवजीको दिदी अत्यन्तै दुःखी हुनुभयो र भाईलाई आफ्नो घर सुलतानपुर लैजानुभयो । सन् १५४४ मे, २४मा विवाह भयो । दुई छोरा श्रीचन्द र लक्ष्मीदास हुनुभयो ।
गुरु नानक देव जीले हिन्दु, मुश्लीम सवैलाई समान ठान्नु भयो अछुतलाई अछुत हैन बराबरी गर्नुभयो । गुरु नानक देव जीको इश्वरीय सत्तामा बढीनै ध्यान हुन थाल्यो । सन १५५४ मा एक दिन एउटा ठाँउमा(मोदी खानामा) काम गर्ने क्रममा पिठो तौलने समयमा एक, दुई, तिन गन्दै जब १३ मा पुगेपछी गन्न भुलेर तेह्र तेह्र भनेर दोकानको सबै पिठो तौलेर सकिदिनु भयो र त्यस दिनबाट सो काम पनि छोडिदिनुुभयो र सोही वर्ष देश भ्रमणमा निस्कनु भयो वहाँ नानकवाट गुरु नानक देब जी बनी सक्नु भएको थियो ।
राजयोगी गुरु नानक देव जीको चार यात्रा प्रशिद्ध छ । पहिलो यमनावाद जानुभयो र एक वढ्ई (अछुत जाती) घरमा बसेर खानाखानु भयो छुवाछुतको भ्रम हटाउनु भयो । यमनावाद हाल पाकिस्तानमा पर्छ ।
सोही समयमा उक्त स्थानमा ब्रम्ह भोज भएको थियो र साधु सबैलाई निमन्त्रणा गरिएको थियो । तर वहाँले निमन्त्रणा स्वीकार गर्नु भएन यो खबर आयोजक मलक भागो कहाँ पुग्यो र बोलाएर सोधनी भयो तपाईँ ब्रम्ह भोजलाई किन अस्वीकार गर्नु हुन्छ र तल्लो जाती, अछुतको घरमा भोजन गर्नु हुन्छ ? नानक देव जीले भन्नु भयो “म वहाँ खान्छु जहाँ प्रभुले पठाउनु हुन्छ । भगवानको दृष्टीमा कोही जात पात नै छैन ।”
तपाई याहाँको स्वादीष्ट खाना खानोस् भनेर भान्साबाट मिठा मिठा भोजन गुरु नानक देव जीलाई पस्केर दिईयो । यस बीचमा जुन वढईको घरमा वहाँले खाना खानु भएको थियो । त्यो वढ्ई पनि गुरुदेवलाई बोलाएको सुनेर पछीपछी त्यही आउँदैथियो उसलाई आफ्नो घरमा गुरुदेवजीलाई खुवाएको सुख्खा रोटी ल्याउनु भनिएकोले ल्याईयो । गुरु नानक देवजीले दुवैखाना एकएक हातमा लिएर निर्चोनु भयो । तर अच्चम यो वढ्ईको घरको सुख्खा रोटीबाट दुध चुहीयो भने ब्रम्ह भोजमा पस्किएको मिस्ठान्नमा रगतको थोपा झर्यो, सबै अच्चममा परे । नानक देवजीले भन्नुभयो “मेहेनतको पसिनाको कमाईबाट दुध झर्यो । मालिक गरीब भएपनि यो दुध जीवन प्रधान गर्ने किसिमको छ ।
ब्रम्ह भोजको तपाँइको घरको भोजन स्वादिस्ट भए पनि यो गरीबको रगत पसिनाबाट प्राप्त भएको हो । तपाँइको धन गरीबलाई अन्याय अत्याचार गरेर कमाएको हुनाले त्यो वस्तुबाट रगत चुहिएको हो । असल नियतले स्वच्छ कमाई गरेर जीवन बिताउने गर्नुहोस् गलत ढंगले कमाएको धनबाट गरेको पुण्यको कुनै अर्थ छैन । मलाई असल इमान्दार व्यक्ति मनपर्छ जो इमान्दारी व्यवहार गर्छ चाहे त्यो गरीब होस या धनी होस” ।
यस पछि गुरु नानकजीले भम्रणलाई निंरन्तता दिनु भयो । संवत १५५४ बाट वहाँले दक्षीणको, पश्चीमको र उत्तरको भम्रण गर्नुभयो । वहाँले करीव २२-२३ वर्ष भम्रणमा बिताउनु भयो । अर्वुद गिरि(माउन्ट आवु) रामेश्वरम् सिंहल दिप (श्रीलंका)मा भ्रमण गर्नुभयो । गढवाल, हेमकुट, गोरखपुर, सिक्कीम, भुटान, नेपाल, तिब्बत ढाका भ्रमण गर्नु भयो र पश्चीमा पाकिस्तान वलुचिस्थान, मक्का, अफगानीस्थान इराक आदी स्थानमा भ्रमण र्गनुभयो । आफ्नो जीवनकालमा नानकदेवजी हिन्दु, मुसलमान, बौद्घ, जैन, इसाइ आदी सबै धर्म सप्रदायको मुख्य व्यक्ति र मुख्य स्थानमा पुग्नु भयो ।
भनिन्छ वि.सं.१५७५-७६ ताका श्री गुरु नानक देवजी नेपालमा ११ महिना रहनु भयो । त्यस बेला नेपाल विशेष गरी काठमाण्डौ तन्त्र साधनाको चरम उर्वर भूमी थियो । उति बेला नेपाल विशेषतः अमूल्य जडीबुटीको भण्डार थियो । विभिन्न शक्तीको केन्द्र थियो । भनिन्छ गुरु नानक देवजीले १७५ वर्षको एक साधु सित नेपालमा भेट्नु भएको थियो र वहाँलाई गुरु नानक देवजीले प्रश्न गर्नुभयो तपाँइको दिर्घ जीवनको रहश्य के हो ?” अन्न खान्न, मुलको पानी पिउछु कन्दमूल र जडीवुटी सेवन गर्छु“ भन्ने जवाफ साधुबाट प्राप्त भयो । त्यसताका काठमाडौं स्वर्ग थियो, अहिले नर्क भएको छ ।
श्री गुरु नानक देवजी काठमाडौमा, नेपालमा आउनु भए नभएको बारे इतिहासकारहरुको धारणा भने फरक छ । कुनै शिलालेख वा यस्तै ठोस प्रमाण नभएकोले नानक देवजीले नेपाल भ्रमण गरेको छैन भन्ने तर्क इतिहासकार महेश राज पंतको छ । तर सुरेन्दर सिंह कोहलीको पुस्तक ट्र्भल अफ गुरु नानकमा गुरु नानक देवजीले सन १५१४—१५१५ मा उत्तर प्रदेशको सिमा सितामडीबाट नेपाल आइ भ्रमण गरेको उल्लेख छ ।
नानक देवजी काठमाडौमा पशुपतीनाथमा बसेको , नेपालका राजाहरुले उनी संग धार्मिक एबं अन्य खाले निर्देशन लिएको र नानक देवजीले सोलुखुम्बुको त्याङबोचे गुम्मबा पनि भ्रमण गरेको दावी गरिएको छ । यो बिषयमा भारतीय राजदुत मन्जीत सिंहले पनी सिख हेरीटेज इन नेपाल पुस्तकको भूमिकामा दावी गर्नु भएको छ । नानक देवजीले नेपालमा रहँदा प्रबचनको साथै तपश्या समेत गर्नु भएको थियो भनिन्छ ।

श्री गुरु नानक देवजी काठमाडौमा सर्वप्रथम साधु (वाला)बसेको ठाँउमा (वालाजु?) वस्नु भयो । विद्धान वाला र मर्दाना मध्ये बालाको बासस्थान भएर बालाजु भनी नामाकरण भएको भन्ने भनाई छ यस विषयमा थप अनुसन्धान हुन भने बाँकीनै छ । अहिले पनि नयाँबजार विश्नुमती किनारमा गुरु नानक मठ छ त्यहाँ गुरु ग्रन्थ साहेव संरक्षण गरेर राखिएको छ जुन ग्रन्थ हस्तलिखित छ । बहुतै कम हस्तलिखित गुरु ग्रन्थ साहेव मध्य केही प्रती नेपालमा छ भनिन्छ ।
गुरु नानकका अनुयायीहरुले ज्ञानेश्वरमा, शोभाभगवतीमा, कालमोचनमा , पशुपतीको भश्मेश्वरमा मठ(निर्मल अखडा) स्थापना गरेको भनीन्छ । सिंहदरबार भित्रको मठ सिंहदरबार निर्माण गर्ने क्रममा शोभाभगवतीमा (?) सारियो । शोभाभगवतीको पछाडी करिव २७ रोपनी जग्गा र मठ अहिले पनि रहेको छ ।
पशुपतीको नित्य पुजाको विभीन्न विधी छन् त्यस पुर्व पशुपतीको शिव लिंगमा पूmलको माला लगाईदिनु पर्छ जस्लाई शिरमाला भनिन्छ उक्त शिरमाला पशुपतीको भश्मेश्वरमा रहेको मठ(निर्मल अखडा) बाट ल्याउने गरीन्छ । आज पर्यन्त बिहान त्यही निर्मलअखडाको तर्फबाट पशुपतीमा फुल चढाउन लाने प्रचलन छ । यो प्रचलन राणाकालबाट चलेको हो भनिन्छ । सबै धर्मको सह अस्तीत्वको लागि जंगबहादुरको छोरा जित जंगले मठहरुलाइ जमिन दिने, र पशुपतीको शिरमाला मठ(निर्मल अखडा) बाट ल्याउने लगायत प्रचलन शुरुवात गरे भनिन्छ । पशुपतीमा बाँदरले दुखः दिने, फूल बगैँचा राम्रो नहुने हुदा यो प्रचलन चलेको हुन सक्दछ । हाल निर्मल अखडाले किनेर माला दिने र त्यस बापत पशुपती क्षेत्र बिकास कोषले रकम दिने गरिएको छ ।
ज्ञानेश्वरमा गुरु नानक देवजीले ध्यान समाधी गरेको स्थानमा अहिले मठ पनी छ । त्यो स्थानमा पानी नभएकोले दुःख थियो । गुरुजीले आफ्नो योग साधनाको बलमा पानी निकाल्नु भयो भनीन्छ । सो स्थानमा ज्ञानधारा अहिले पनी छ । सो धारामा २०७२ सालको भुकम्प पछि पानी अलि घटेको छ । यो राजा यक्ष मल्लको समयको कुरा हो । ज्ञानेश्वरको मठमा गुरुग्रन्थसाहिव सुरक्षीत छ । गुरुनानक देवजीले ज्ञान गोस्टी गरेको भएर सो स्थानको नाम ज्ञानेश्वर रहेको भनीन्छ ।
गुरुनानक देवजीले काठमाडौंमा रहँदा गोरखनाथ पंथीलाई र अरु तान्त्रीक समुदायलाई सम्झाउनुभयो तन्त्र साधना गरेर भयानक रुप धारण गरेर रुप परिर्वतन गरेर मुिक्त पाईन्न उड्ने, उडउने शक्ती देखाएर हुन्न भन्नुभयो । तान्त्रीकहरुले गुरुनानक देवजीलाई आफुहरु निकै शक्तिशाली भएको र त्यस्तो कुराले असर नपर्ने भनी दम्भ देखाए तर गुरु नानकजीले भन्नुभयो “सबैलाई दिने प्रभु हो शक्तिशाली”, “एक ओमकार सत् नाम” भन्नुभयो यत्तीकैमा आकासबाट फुल बर्स्यो सबैले आकासमा हेरे सम्पूर्ण देवी देवताले फुल वर्षा गरेको देखेपछि सबै तान्त्रीकहरु त्राहीमाम् भए र गुरु नानकको संरक्षणमा परे काठमाडौंको तान्त्र शाधनको बेग त्यसै बेलाबाट कम हुँदै गयो भनिन्छ ।
पशुपतीको भश्मेश्वरमा निर्मल अखडा छ । त्यहाँ १० रोपनी जग्गामा फुल बगैँचा छ अहीले पनी त्यो बगैँचा छ । त्यहाँ वाला र मर्दनाको कथा पनि छ जो विद्धान र गायक थिए । गुरु नानक देवजीले भाइ मरदानालाई लिएर भ्रमण गर्नु हुन्थ्यो । भ्रमणमा श्री गुरु नानक देवजीले सवद गाउनु हुन्थ्यो भने भाई मरदानाले रबान बजाएर साथ दिनुहुन्थ्यो ।
संबत् १८१३ मा नानकको मृत्युको तिन सय बर्ष पछि, गुरु ग्रन्थसाहीव गद्दीमा राखेर मठ संचालन गर्ने प्रचलन सुरु भए पछि जय प्रकाश मल्लले भश्मेश्वर मठलाई २० रोपनी जग्गा दिएको इतिहास पढ्न पाइन्छ ।
आज पर्यन्त बिहान त्यही निर्मल अखडाको तर्फबाट पशुपतीमा फुल बजारबाट लाने गरेकोछ तापनी त्यस्को जिम्मा तीनै गुरु नानकजीका अनुयायी निर्मल अखडाका उदासी संप्रदायका सिखहरुको काँधमा छ । गुरु नानक देवजीको छोराहरुले उदासी संप्रदायको स्थापना गरेको भनिन्छ । सिख परम्परामा विभिन्न संप्रदायहरु छन् उदासीको अलावा सेवा नामधारी आदी संप्रदाय छ । निर्मल अखडालाई नानक संप्रदायको रुपमा लिइन्छ जुन नेपालमा छ त्यस्तैे बाबा चन्द्रजीको अखडा थापाथलीमा पनि छ ।
यी र यस्ता थुप्रै आधार र कारणले गुरु नानकदेवजीले नेपाल भ्रमण गरेका थिए भन्न सकिन्छ । श्र्रद्दा, आश्था र विश्वास गरेर सिख परम्परामा विभिन्न संप्रदायहरु आज पर्यन्त गुरु नानकदेवजीले नेपाल भ्रमण गरेका थिए भनिरहे पनि हाम्रा नाम चलेका इतिहासकारलाई प्रमाण नभएकै भनेर गुरु नानकदेवजीले नेपाल भ्रमणा गरेका थिएनन् भन्नु उचित होइन । यस विषयमा थप अध्ययन अनुसन्धान भने गर्न सकिन्छ ।
अर्को कथा, पंजावी शिख राजकुमारी रानी भएर दरवारमा भित्रीएको कथा छ । गुरुनानकदेव सँग सम्बन्धित, समाजलाई यथार्थ परक हुन, समाजको कुसंस्कारलाई बदल्न वाँहाले गरेको विभिन्न प्रयासहरुको किम्वदन्ती जस्तो लाग्ने घटनाहरु पनि छ ।
एकपटक भ्रमण गर्र्र्दै गुरु नानकदेवजी हरिद्धार पुग्नु भयो त्यहाँ तमाम हिन्दु धर्मावलम्वीहरु स्नान गरेर पूर्व तर्फ फर्केर सूर्यलाई गंगाजल र्अपण गरेर नुहाइ रहेको देखेर गुरु नानकदेवजीले पश्चिम फर्केर जल अर्पण गर्न थाल्नुभयो । सबैले गुरु नानकजीको आलोचना गरे वहाँले जवाफ दिनु भयो “मेरोेपंजावमा रहेको खेतमा सुख्खा लागेकोले पानी हाल्दैछु“ । हिन्दु धर्मावलवीले भने यहाँ हरिद्धारबाट पंंजावमा पानी हाल्न सकिन्छ ? असंभव । नानकदेवजीले जवाफ दिनु भयो त्यसो भए तपाँइहरुले चढाएको पानी सूर्य सम्म पुग्छ त ? सबै नाजवाफ भए ।
गुरु नानक देवजी मक्काको यात्रामा हुनुहुन्थ्यो जहाँ मुसलमानहरु हज गर्न जान्छन् । केही दिनको यात्रा र केही पैदल हिँडेर गुरु नानक देवजी मक्का पुग्नु भयो र राती विश्राम गर्नुहुँदा मक्काको कावा तर्फ गोडा फर्काएर विश्राम गरिरहनु भएको थियो । गुरुजीले यसरी सुतेको एक मुसलमानले देखेर तँपाई को हुनुन्छ ? र तपाईँ अल्लाहको घरको पट्टी गोडा पारेर किन सुतेको ? यो सुनेर अरु मुसलमानहरु श्रदालु पनि जम्मा भए तर गुरु नानक देवजीले नम्रता पुर्वक जवाफ दिनुभयो भाई मलाई देखाउनुहोस त अल्लाह कहाँ छैन ?
यो सुन्ने बित्तिकै त्यो मान्छेको मुहार चम्कीयो, एउटा नयाँ प्रकाशको अनुभव गर्यो अल्लाह सबै स्थानमा छ कुनै विशेष स्थानमा छैन । ती श्रदालुले सोधे हिन्दु ठुलो कि मुसलमान ? गुरुले भन्नुभयो शुभ कर्म नगरी दुवैलाई गार्हो छ हिन्दु र मुसलमान हुँदैमा अल्लाहको दरबारमा स्थान पाउन सकिँदैन ।
गुरु नानकदेवजीलाई परिवारको परम्परा अनुरुप नौ वर्षको उमेरमा जनै धारण गर्न पंडीतजीले तयार गर्नुभएको देखेर वहाँले यो रक्षाबन्धन कति बलियो छ चुँडीन्छ की चुँडीदैन भनी सोध्नुभयो । पंंडीतजीले यो चुँडीन्छ र वर्षेनी रक्षावन्धनको समयमा नयाँ धारण गर्नुपर्ने बताउनुभयो । त्यसो भए मलाई त्यस्तो चुँडीने हैन नटुट्ने नचुँडीने धागो दिनुहोस, तँपाइ संग कुनै धागो छ जस्ले मान्छेलाई संतोषी, दयालु र संयमीत बनाउँछ । त्यस्तो धागो छ भने मलाइ लगाइदिनुस हैन भने म यस्तो धागो धारण गर्न तयार छैन भन्नुभयो नौ वर्षको वालकको यस्तो सुझाव पूर्ण तर्कको अगाडी कसैको केही चलेन ।
ब्यर्थको कर्मकाण्डको वहाँ विरोधि नै रहनुभयो त्यस्को अलावा प्रभुको प्रेम र भक्तीमा जोड दिनुभयो । वहाँले २२-२३ वर्षको भ्रमण पछि संवत १५७५ मा आफैले पहिले आवाद गरेको (संवत १५६१) शहर कर्तारपुरमा भक्तहरुसंग संगत र लङ्गर (खाना खुवाउने निःशुल्क)मा रहन लाग्नुभयो र ७० वर्षको उमेरमा संवत १५९६ सन १५३९ सेप्टेम्बर २२ मा वहाँको निधन भयो ।
वहाँको अन्तिम संस्कार गर्न हिन्दु मुस्लीम र सिख बिच विवाद भयो किनकि यो सबैले गुरु नानकदेबजीलाई आफ्नो गुरु मान्दथे । छोपिएको लाश झगडाकै बिच गायब भयो । लाश छोपिएकोे कपडा उठाऊँदा लाश भेटिएन । मुस्लीम, हिन्दु र सिखले तेही लाश छोपिएकोे कपडा आधा आधा लगेर आ आफ्नो रिती परम्परा अनुसार अन्तिम संकार गरियो भनीन्छ ।
कुपण्डोल स्थित गुरुद्वाराका प्रमुख गुरु बक्स सिंह संगको कुराकानीमा आधारीत ।
संदर्भ सामाग्री, कल्याण, संत अंक, २०७३, गीता प्रेस, गोरखपुर
सिख फाउण्डेशन लाजपत नगर नयाँ दिल्लीद्वारा प्रकाशीत सतगुरु नानक पुस्तिका
द सिख फेथ : युनिर्भसल मेसेज, गुरु बक्स सिंह, सिह ब्रदर्श अमृतशरद्वारा प्रकाशित, २००२