नेपाल र अमेरिका बराबर, रोमाञ्चक खेल ‘टाइ’ मा टुंगियो

नेपाल र अमेरिका बराबर, रोमाञ्चक खेल ‘टाइ’ मा टुंगियो

२०७९, जेठ २९ आइतवार

  • 1.8K
    SHARES

  • नेपाल र अमेरिका बराबर, रोमाञ्चक खेल ‘टाइ’ मा टुंगियो

    काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु को त्रिदेशीय एकदिवसीय सिरिज अन्तर्गत नेपाल र अमेरिकाबीचको खेल ‘टाइ’ भएको छ ।

    अमेरिकाको टेक्ससमा आइतबार बिहान नेपाल र  अमेरिकाबीचको रोमाञ्चक खेल ‘टाइ’ भएको हो ।

    मोसा क्रिकेट मैदानमा नेपालले दिएको २ सय ७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७४ रन जोडेपछि खेल ‘टाइ’ भएको हो ।

    अमेरिकाका लागि स्टेभेन टेलरले १ सय १४ रनको शतकीय इनिङ खेले । यस्तै कप्तान मोनान्क पटेलले ८५ रनको अर्धशतकीय इनिङ खेल्दा आरोन जोन्सले २६ रन जोडे ।

    सुशान्त मोदानी १७ तथा राहुल जरिवाला १० रनमा आउट भए ।

    नेपालका आदील आलमले २ विकेट लिए । जित उन्मुख अमेरिकाविरुद्ध आदीलले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरे ।

    अमेरिकालाई जितको लागि अन्तिम ६ बलमा ६ रन चाहिँएको थियो । तर,आदीलले पाँच रन खर्चिँदै खेल टाइ गराए ।

    रोमाञ्चक बनेको खेलमा अमेरिकालाई अन्तिम दुई बलमा जितका लागि एक रन आवश्यक थियो । पाँचौँ बलमा आदीलले आरोन जोन्सलाई पेभेलिएन फर्काए । अन्तिम बलमा राहुल जरिवाला रन आउट भएपछि खेल टाइ भयो ।

    यस्तै कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले १(१ विकेट लिए ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बल अलआउट हुँदै २ सय ७४ रन जोडेको थियो ।

    नेपालका लागि उपकप्तान रोहित पौडेलले ६२ रनको अर्धशतकीय इनिङ खेले ।

    त्यस्तै आसिफ शेखले ६१ रनको अर्धशतकीय इनिङ खेल्दा देव खनालले अर्धशतकीय इनिङ खेल्दै ५४ रन बनाए ।

    आदीलले ३६ रन जोड्दा कुशल भुर्तेल १९ रन आउट भए । कप्तान सन्दीपले १० रन बनाए ।

    आरिफ शेख ८, दीपेन्द्र सिंह ऐरी १, सोमपाल कामी १ रनमा आउट हुँदा करण केसी शून्य रनमा आउट भए । सुशन भारी १ रनमा अविजित रहे ।

    अमेरिकाका रुष्टि थिरनले ४ विकेट लिए । अलि खान र सौरभ नेत्रभाल्करले २(२ विकेट लिए ।

    खेल टाइ भएपछि नेपाल र अमेरिकाले एक एक अङ्क पाएका छन् ।

    लिग टु मा नेपाल १४ खेलमा १३ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ ।

    अमेरिका २२ खेलमा २१ अङ्क जोडेर चौथो स्थानमा रहेको छ ।

    सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो ।

    अमेरिकाले भने पहिलो खेलमा ओमानलाई हराएको थियो।

    अब नेपालले तेस्रो खेलमा ओमानविरुद्ध मंगलबार र अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध बुधबार खेल्ने तालिका रहेको छ ।

    २०७९, जेठ २९ आइतवार०६:५१:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार