यूइएफए नेसन्स लिगमा स्पेनको नाम अनुसारकै प्रदर्शन

यूइएफए नेसन्स लिगमा स्पेनको नाम अनुसारकै प्रदर्शन

२०७९, जेठ ३० सोमवार

  • 969
    SHARES

  • यूइएफए नेसन्स लिगमा स्पेनको नाम अनुसारकै प्रदर्शन

    यूइएफए नेसन्स लिग अन्तर्गत गएराति भएको खेलमा स्पेनले चेक रिपब्लिकविरुद्ध २–० को सहज जित निकालेको छ।

    समूह ए २ को खेलमा अधिकांश समय बलमा पकड बनाएको स्पेन जितसँगै शीर्षस्थानमा उक्लिएको हो।

    स्पेनको जितमा कार्लोस सोलर र पाब्लो सरवियाले एक-एक गोल गरे। कार्लोसले २४औँ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाए।

    ७५औँ मिनेटमा सरवियाले गोल गर्दा स्पेनले सहज जित पायो। जितसँगै समूहमा चार खेलसँगै ८ अंक बनाएको स्पेन शीर्षस्थानमा छ।

    लगातार खराव प्रदर्शनबाट गुज्रिएको चेक रिपब्लिकले चार खेलबाट ४ अंक जोडेर तेस्रो स्थानमा छ। -एजेन्सी । 

    २०७९, जेठ ३० सोमवार०८:१०:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार