एशियाबाट अष्ट्रेलिया सहित ६ देशले आगामी विश्वकपमा सहभागिता जनाउने 

एशियाबाट अष्ट्रेलिया सहित ६ देशले आगामी विश्वकपमा सहभागिता जनाउने 

२०७९, जेठ ३१ मंगलवार

  • 933
    SHARES

  • एशियाबाट अष्ट्रेलिया सहित ६ देशले आगामी विश्वकपमा सहभागिता जनाउने 

    पेरु । पेरुलाई पराजित गर्दै एसियाली मुलुक अष्ट्रेलिया विश्वकप २०२२ मा छनोट भएको छ ।

    अतिरिक्त समयमा गोलरहित बराबरी भएपछि पेनाल्टी शुटआउटमा अष्ट्रेलियाले ५-४ गोलअन्तरमा खेल जितेको हो ।

    सोमबार राति भएको खेलमा निर्धारित ९० र अतिरिक्त ३० मिनेटमा कुनै गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो । जहाँ एसियाली पावर हाउस अष्ट्रेलियाले अन्तरमहादेशिय छनोटमा पेरुलाई पराजित गरेको हो । पेनाल्टी समेत ४–४ को बराबरी भएपछि खेलको नतिजा सडन डेथमा भएको थियो ।

    जहाँ अष्ट्रेलियाका भेट्रान गोलरक्षक आन्द्रे रेडमायने नायक बने । ३३ वर्षिय खेलाडीले पेरुका एलेक्स भालेराको पेनाल्टी बचाए ।

    यससँगै एसियाबाट जापान, साउदी अरविया, दक्षिण कोरिया, इरान, अष्ट्रेलिया र कतार गरि ६ टिमले विश्वकपमा सहभागीता जनाउने भएका छन् ।

    अष्ट्रेलियाले विश्वकपमा लगातार पाचौँपटक छनोट भएको हो। उसले सन् २००६ यताका हरेक विश्वकप खेलिरहेको छ। अष्ट्रेलियाले विश्वकपको पहिलो चरणमा फ्रान्स, ट्युनिसिया र डेनमार्कसँग खेल्ने छ। आगामी विश्वकप खेल्ने ३२ मध्ये एक टोलीको मात्र टुंगो लाग्न बाँकी छ। -एजेन्सी । 

     

    २०७९, जेठ ३१ मंगलवार०९:४४:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार