अमेरिकासँग हार्यो नेपाल, अझै व्याटिंग समस्या

अमेरिकासँग हार्यो नेपाल, अझै व्याटिंग समस्या

२०७९, आषाढ २ बिहिवार

  • 893
    SHARES

  • अमेरिकासँग हार्यो नेपाल, अझै व्याटिंग समस्या

    काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भएको श्रृङ्खलाको अन्तिम खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको छ ।

    आरिफ शेख र सोमपाल कामीले कीर्तिमानी साझेदारी गरेपनि अमेरिकाले दिएको २४६ रनको लक्ष्य पछ्याएको नेपाल २०६ रन मात्र बनाउन सक्यो ।

    नेपालका लागि आरिफ शेखले ७६ बलमा तीन चौकासहित सर्वाधिक ६३ रनको योगदान दिए। यस्तै, सोमपाल कामीले ७२ बलमा एक चौकाको मद्दतमा ४७ रन बनाए। छैटौँ विकेटका लागि शेख र कामीबीच १०६ रनको साझेदारी भएको थियो। ओपनर कुशल भुर्तेलले १०, आसिफ शेखले १८, देव खनालले ३४ र रोहितकुमार पौडेलले १६ रन बनाए।

    बलिङतर्फ अमेरिकाका सौरभ नेत्रवालकर र अली खानले तीन-तीन तथा नोथुश केंजिगे र निसर्ग पटेलले एक-एक विकेट लिए।

    यसअघि टस हारेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरको खेलमा सात विकेट गुमाउँदै २४५ रन बनाएको थियो। अमेरिकाका लागि गजानन्द सिंहले ६० बलमा ५ चौका र एक छक्काको मद्दतमा सर्वाधिक ५८ रन बनाए। यस्तै, सुशान्त मोदानीले ८३ बलमा सात चौकासहित ५४, आरोन जोन्सले ४३, साइतेजा मुक्कामल्लाले ३६, निसर्ग पटेलले अविजित १८ र क्यामरन स्टिभन्सले अविजित १६ रन बनाए।

    बलिङतर्फ नेपालका लागि करन केसीले तीन, कप्तान सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र दीपेन्द्रसिंह एरीले एक-एक विकेट लिए।

    अमेरिका भ्रमणमा रहेको नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो। दोस्रो खेलमा अमेरिकासँग बराबरी खेलेको थियो भने तेस्रो खेलमा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको थियो।

    आइसिसी विश्वकप लिग-२ मा नेपालले हालसम्म १६ खेल खेल्दै १५ अंक जोडेको छ। नेपाल लिग-२ मा पाँचौँ स्थानमा छ। यस श्रृङ्खलामा नेपालको यो दोस्रो हार हो ।

    २०७९, आषाढ २ बिहिवार०७:५८:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार