काठमाडौं । विद्यालयका छात्रछात्रालाई खेलका विभिन्न विधामा सहभागि गराउने उद्धेश्यले संचालन गरिएको स्कूल स्तरिय टग अफ वार खुला प्रतिस्पर्धा संचालन भएको छ ।
मंगलवार नेपाल खेलकुद महासंघ नेपाल टग अफ वार विधाको आयोजनामा काठमाडौंको ग्यालेक्सी स्कूलको फुटसल ग्राउण्डमा प्रतियोगिता सम्पन्न भएको हो ।

एक दिन चलेको सो प्रतियोगितामा छात्र तर्फ ७ वटा समूह र छात्रा तर्फ ४ वटा समूहले भाग लिएका थिए ।
टग अफ वार एशियन फेडेरेशनका बरिष्ठ उपाध्यक्ष भवानी प्रसाद पौडेलको प्रमूख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वागमती प्रदेश सभासद गणेश प्रसाद दुलाल र विद्यालयकी प्रिन्सिपल सुरिना सिंह गुरुंगको आतिथ्यताले विद्यार्थीलाई झनै उत्साही बनाएको थियो । टग अफ वारका उपाध्यक्ष सूर्य बहादुर भट्टराईको अध्यक्षता प्रतियोगिता संचालन भएको थियो ।

प्रथम तथा द्धितीय हुने खेलाडी छात्रछात्रालाई मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।
त्यस्तै, यहि असार १८ गते टग अफ वार राष्ट्रिय प्रतियोगिता संचालन हुने नेकोस सचिव केपी ओलीले बताएका छन् ।






