महाँकाल पानीट्यांकीमा दन्त स्वास्थ्य शिविर सम्पन्न

महाँकाल पानीट्यांकीमा दन्त स्वास्थ्य शिविर सम्पन्न

२०७९, आश्विन ९ आइतवार

  • 1.4K
    SHARES

  • महाँकाल पानीट्यांकीमा दन्त स्वास्थ्य शिविर सम्पन्न

    बौद्ध । काठमाडौं महानगरपालिका ६ नं वडा महाँकाल पानीट्यांकी श्री गंगेश्वर शिवपाञ्चायन मन्दिर परिसरमा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

    शनिवार एलिस डेन्टल केयर प्रालिसँगको सहकार्यमा शिविर सम्पन्न भएको हो । 

    4.jpg

    मुखको संवेदनशिलतालाई बुझ्दै १४० जना व्यक्तिहरु लाभान्वित भएका मन्दिर व्यवस्थापन समिति अध्यक्ष तथा शिविर आयोजक डा रमेश न्यौपानेले बताए ।

    नेपालीहरुको महान चाड दशैँ आइरहेको र दशैँमा अन्धाधुन्द तरिकाले माछा मासु तथा खानपान ग्रहण गर्दा हुने बेफाइदा समेत बताउन सकियोस भन्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको डा न्यौपानेको भनाई छ । 

    5.jpg

    दन्त परिक्षणका लागि उल्लेख्य महिला तथा बालबालिकाहरु उत्साहित भई सहभागि भएका थिए । 

    1.jpg

    एक दिने नि:शुल्क दन्त परिक्षण शिविर आयोजना हुने

    २०७९, आश्विन ९ आइतवार०९:५९:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार