भोट के मा ? सबैमा : हाम्रा तीन बा -जिन्दावाद

भोट के मा ? सबैमा : हाम्रा तीन बा -जिन्दावाद

२०७९, कार्तिक ११ शुक्रवार

  • 3.4K
    SHARES

  • भोट के मा ? सबैमा : हाम्रा तीन बा -जिन्दावाद

    काठमाडौं । मङ्सिर ४ नजिकिँदै छ। नजिकिंदै गरेको संसदीय र प्रदेश निर्वाचनले अब देशको ध्यान राम्रैसँग तान्ने निश्चित छ। मुख्यतः यस निर्वचनमा बाम गठबन्धन र बिपक्षी गठबन्धन भन्दै बनाइएका गणेशको जीउमा हात्तीको टाउको जोडिएझैँ अनौठो देखिने दुई जीवका बीच कडा प्रतिस्पर्धा हुने निश्चितप्राय छ।

    फेरि पनि नेपालका प्रमुख भनिएका दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रकै बीच हुने प्रतिस्पर्धाले चुनावी सरगर्मी बढ्ने स्पष्ट आँकलन गर्न सकिन्छ। 

    लगभग बालापन देखी नै 'नेपाल' को 'सिङ्गापुरीकरन' हुँदै देशको आर्थिक क्रान्तिमा 'अग्रगामी छलाङ' सुन्दै आएका मेरो पुस्ता अझै पनि 'हजुरबुवा' र 'बुवा' पुस्ता बाटै यी सबको आशा गरेरै बसेको छ। लगभग चुनावको दिन सम्म यी 'एक्स्स्पायर्ड' ग्रुपको बिरोध गर्ने मेरो पुस्ता चुनावको दिनमा गएर कि त सेकुवा र रक्सीमा बिक्छन्, कि त बुवा-आमाको आदेशमा छाप लाउँछन्।

    सँधै रेस्टुरेन्टको मेनू फेर्नु पर्ने कुरा लिएर आउने मेरो पुस्ता जति मेनू हेरे पनि अन्तिम मा 'म:म' र 'चाउमिन' नै रोज्ने गर्छौं। त्यो भन्दा पनि उदेक लाग्दो कुरा चाहिँ के हो भने, त्यो 'म:म र चाउमिन हेर्दै घिनलाग्दो, खाँदै नमिठो र सुँघ्दै गन्हाउने हुँदा पनि कहिले 'बर्गर' र 'पिज्जा' खाने आँट गर्दैनौं। 

    वर्तमान राजनीतिको बागडोर समाएका मुख्य तीन दलका 'बा' हरुकै वरपर राजनीति घुमेको छ। जति नै प्रतिस्पर्धा गरे जस्तो देखिए पनि झापा, डँडेलधुरा र गोरखा सबै भन्दा सुरक्षित क्षेत्र 'बा' हरुले बनाइसकेका छन्। प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति 'देऊ-बा' देशमा पाँच पटक प्रधानमन्त्री भएर देश र पार्टीमा जून विकाशको मूल फुटेर हराभरा बनेको छ, त्यो सबैमा जगजाहेर नै छ।

    लोकतान्त्रिक पार्टीलाई बढो प्रजातान्त्रिक तरिकाले सन्चालन गरेका र देशको आर्थिक उन्नतिमा कायापलट गरेका यी 'बा' लाई फेरि पनि डडेलधुराबासीले अत्याधिक मतान्तरले विजयी गराउनेमा 'रुख छापेहरु' ढुक्क छन्।

    अर्कोतर्फ एउटा ठुलो जमातका सर्वमान्य 'बा' ले झापाबाट फेरि पनि किर्तिमानी जित निकाल्दै छन्। यो ग्याङका सर्वमान्य 'केपी-बा' ले फेरि पनि दुई तिहाई बहुमत ल्याएर भारतले लगेका अरु भूमी फिर्ता ल्याउन र नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउन जित्नै पर्ने आवश्कता छ।

    जित पछि र अझै भन्नु पर्दा दुई तिहाईको बहुमत पश्चात् संसदको गरिमालाई अलिकति पनि नडग्मगाई सन्चालन गर्नको लागी झापालीले यी 'बा' लाई बिना संकोच भोट हालेर जिताउने कुरामा 'घाम छापे' हरु ढुक्क छन्।

    अर्को तिर देशको 'तन्त्र' लाई नै अंतर मंतर गर्न सक्ने, गणतान्त्रिक नेपालका पहरेदार 'रेनु-बा' श्री ५ पृथ्वीनारायण शाहको गृह जिल्ला गोरखाबाट भिड्दै छन्। विद्वान नेता बाबुरामको विद्वताको कदर गर्दै 'रास्ट्रपति' जस्तो गरिमामय पदको बिशेष अफर गर्दै भए जति सबै निर्वाचन क्षेत्र मध्य सहज क्षेत्र रोजेका यी 'बा' गणतान्त्रिक नेपालका 'किङ मेकर' भन्दा फरक नपर्ला।

    गणतन्त्रको माध्यमबाट देशलाई एकीकृत गर्न सफल यी 'बा'लाई गोर्खालीहरुले अलिकती पनि नहिच्किचाई सहज जित दिलाउनेमा 'हँसिया छापे' हरु दङ्ग छन्।

    अब प्रश्न तेर्सिन्छ, के यही हो त अहिलेको नेपालको आवश्यकतारु हामी जति नै यी 'बा' र 'काका' हरुबाट आजित भए पनि हामी अन्य कुनै बिकल्पमा जान किन तयार छैनौंरु काठमाडौं र धरान जस्तै केहि महानगर, उपमहानगर र नगरपालिकाहरुले गएको स्थानीय निर्वाचनमा आँट गरेर केहि परिवर्तनको छनक दिएका छन् तर अझै पनि हामी यिनै 'डेट एक्स्पायर्ड' हरुकै पछि किन लाग्नेरु प्रश्न हामी सबै माथी खनिन्छ।

    अझै पनि यिनै 'देऊ-बा', 'ओली-बा' र 'रेनु-बा' र यी 'बा' प्रवृतीलाई जिताएर हामीले केहि पाउछौँ भन्ने आश गर्छौँ भने त्यो हाम्रो ठूलो गल्ती नहोला र ? एकातिर हिजो सम्म टाउकोको मूल्य तोक्ने र तोकिने आज एउटै टाउको बोकेर हिँडेका छन् भने अर्को तिर हिजो सम्म राजसंस्थाको कट्टर अनुयायी र राजसंस्थाको कट्टर विरोधी एउटै ठाउँमा उभिएर निर्वाचनमा होमिनु हाम्रो भोलिको लागी कति लाभदायक होला ?

    एक चोटी ब्यालेट बक्समा भोट खसाल्नु अगाडी हामी सोच्ने कि नसोच्नेस मासिक म जस्ता हजारौं मास्टर्स सकेका दाजुभाइ दिदिबहिनीलाई विदेसिन कसले वाध्य बनायोरु हामी सोच्ने कि नसोच्ने, न्याय, सुरक्षा, मालपोत, सन्चार लगायत लगभग सबै क्षेत्रमा मौलाएको भ्रस्टाचार कसले गरायोरु व्यापार-व्यवसाय  गर्न चाहिने साधारण सहिष्णुता नपाएर वार्षिक सयौं युवाहरु रित्तिएका वा आत्महत्या गर्नु पर्ने वातावरण कसले बनायो ? देशमा रहेका कल-कारखाना, खोला-नाला, ठुला ठुला प्रोजेक्टहरु कसले सकायो ? दिन दहाडै हाम्रा दिदि बहिनीको बलात्कार, हत्या हुँदा पनि आरोपीहरु खुल्लम खुल्ला हिंड्न सक्ने कसले बनायोरु 
    अझै पनि हामी यूरोप, अमेरिकालाई सम्झेर त्यहाँको जीवनशैली, सुख, सयलमा 'आँ' गरेर बस्नु पर्ने अवस्थाबाट कहिले माथी उठ्ने ?  

    हो स्वतन्त्रका २-४ सिटले केही नहोला तर बैतरणी नदि तार्ने बेलाका बयोबृद्ध बाहरु भन्दा इमान्दार युवा पुस्ता छिराएर सम्पूर्ण पार्टीमा हाम्रो हस्तक्षेप बढ्न ढिलाई भएन र ?  

    एक पटक फेरि सोच्ने मौका मिलेको छ। अब पनि हामीले हाम्रा बा पुस्ता र काका पुस्तालाई नै सबै कुरा सुम्पिने हो भने अब हाम्रो कुनै बाटो नहोला। समृद्ध र विकसित देशको कल्पना गर्ने हो भने एक पटक आँट गर्ने बेला आएको छ। एक चोटी फेरि हाम्रा क्षेत्रका 'बालेन' र 'हर्क' लाई नै भोट गरेर केहि आशा जिवित राख्ने मौका मिलेको छ।

    राजनैतिक दल आफैमा खराब छैनन्। राजनैतिक दल भित्रका कतिपय नेताहरु पनि खराब छैनन्। तर जुन तरिकाले देशमा मौलाएको विकृति विसङ्गती युक्त राजनीति छ, त्यसमा हामी जस्ता युवा पुस्ताको ध्यानाकर्षण हुन अत्यावश्यक भएको छ।

    अब हामी केहि दिन पछि ब्यालेट बक्सको छेऊमा बसेर छाप लाउँदै गर्दा कम्तीमा अबको पाँच वर्ष सम्म नपछुताउने गरि निर्णय गर्ने कि ? अब कमसे कम स्थानीय तहको निर्वाचन जस्तै अलिकती सजग बनेर 'हर्क' र 'बालेन'लाई जिताउने कि ? यति होस्, २०७९ मङ्सिर ४ मा भोट हाल्ने आफ्नै हात २०८० को मङ्सिरमा कुच्याउने इच्छा नहोस्। जय देश !

    २०७९, कार्तिक ११ शुक्रवार१०:०८:३९

    रेगन प्रसाइँ

    प्रतिक्रिया
    सम्बन्धित समाचार