त्रिभुवन विश्वविद्यालयमा शिक्षाको गुणस्तर घटेको सत्य हो : डा. पदम प्रसाद खतिवडा

त्रिभुवन विश्वविद्यालयमा शिक्षाको गुणस्तर घटेको सत्य हो : डा. पदम प्रसाद खतिवडा

२०७९, फाल्गुण २९ सोमवार

  • 3.0K
    SHARES

  • त्रिभुवन विश्वविद्यालयमा शिक्षाको गुणस्तर घटेको सत्य हो : डा. पदम प्रसाद खतिवडा

    स्ववियुको निर्वाचनका वेला त्रिभुवन विश्वविद्यालयमा विद्यार्थी घटे भनेर मिडियामा आउनु स्वभाविक छ तर घट्नुको कारण के हो भनेर गरिएको विश्लेषण भने अपुरो छ । सर्वसाधरणले बुझ्दा हाम्रा विश्वविद्यालयमा पढाइको गुणस्तर कमजोर छ भन्ने भाष्य निर्माण गरिएको छ । यो केही हदसम्म सत्य नै छ । तर अन्य कारणको खोजी हुनु पनि उत्तिकै जरुरी छ । 

    नेपालमा विदेशमा नै विद्यार्थी पठाउन सहजिकरण गर्ने १५०० भन्दा बढी कम्पनीहरु क्रियाशिल छन् । त्यस्तै ८६ भन्दा बढी विदेशी विश्वविद्यालय वा शैक्षिक संस्थाहरु नेपालमा स्थापना भएर विदेशमा हाम्रा छोराछोरीको ध्यान विदेशी विश्वविद्यालयमा आकर्षण गर्न तल्लिन छन् । यस्ता संस्था नेपालमा स्थापित हुने, स्वीकृति कहिले, कसरी र किन हुन्छ भन्ने त्रिभुवन विश्वविद्यालयलाई जानकारी नै हुँदैन ।

    विदेशका विश्वविद्यालयहरुमा समेत विद्यार्थी संख्या घटेर निम्तन सक्ने दुरदशाबाट बच्न हाम्रा विद्यार्थीहरु विदेश लानकै लागि पनि विदेशी विश्वविद्यालय र शैक्षिक संस्था स्थापना भएका हुन् भन्ने पनि बुझ्न जरुरी छ । यसरी विद्यार्थी पठाए वापत कमिशन पाइन्छ भन्दा हामीलाई अचम्म लाग्न सक्छ । तर यो तीतो यथार्थ हो । 

    अत : नेपाली विश्वविविद्यालयहरुलाई माया गर्ने हो भने यी विश्विद्यालयलले गुणस्तरमा ध्यान त दिनु नै पर्छ । साथसाथै स्वदेशी वा विदेशी सम्बन्धन  विश्वविद्यालय अनुदान आयोगको मातहतमा ल्याई आयोगको सिफारिसमा मात्र शिक्षा मन्त्रालय वा मन्त्री परिषद्बाट स्वीकृति गर्ने व्यवस्था गरिनु पर्छ ।

    विदेशी स्वीकृति वा सम्वन्धन दिदा हाल गुणस्तरीयता कायम गर्दै विश्व मापनमा ८०० देखि १००० भित्र पर्न सफल भएको त्रिभुवन विश्वविद्यालय भन्दा तल पर्ने कुनै पनि विदेशी विश्वविद्यालय वा शैक्षिक कार्यक्रमलाई स्वीकृति नदिने र स्वीकृति पाइसकेकाहरुको हकमा निश्चित समय तोकेर स्वीकृति खारेज गर्ने व्यवस्था गरिनु पर्दछ । यस्ता संस्थाहरुबाट पठनपाठन गरिने कक्षामा सो संस्थाका प्राध्यापकको स्वयम उपस्थिति र उनीहरुबाटै पठनपाठन हुने सुनिश्चितता गरिनु पर्दछ ।

    डा. खतिवडा प्रगतिशिल प्राध्यापक संगठनका महासचिव समेत हुन् । 

    २०७९, फाल्गुण २९ सोमवार०८:२४:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार