भाइटीकाको साइतमै मौसम बदली, काठमाडौंसहित विभिन्न क्षेत्रमा वर्षा र असिना

भाइटीकाको साइतमै मौसम बदली, काठमाडौंसहित विभिन्न क्षेत्रमा वर्षा र असिना

२०८३, कार्तिक २६ बुधवार

  • 185
    SHARES

  • भाइटीकाको साइतमै मौसम बदली, काठमाडौंसहित विभिन्न क्षेत्रमा वर्षा र असिना

    काठमाडौं । उपत्यकाको पूर्वी तथा दक्षिणी भूभागमा भाइटीकाकै दिन मौसम बदली भएको छ। बिहान घाम लागेपनि दिउँसोबाट वर्षा सुरु भएको छ। काठमाडौंका केही स्थानमा वर्षासँगै असिनासमेत परेको छ। बागमती प्रदेशसँगै कोशी र अन्य केही क्षेत्रमा पनि वर्षा सुरु भएको हो।

    भाइटीकाको दिन अपराह्न कोशी, गण्डकी र बागमती प्रदेशका पहाडी क्षेत्रमा मौसम बदली भएसँगै वर्षा सुरु भएको छ।अधिकांश स्थानमा बाक्लो बादल लागेको छ भने काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा हल्का वर्षा भइरहेको छ।

    वर्षा र मौसम बदलीका कारण भाइटीका लगाएर आवतजावत गर्नेहरूलाई असहज भएको छ। विशेषगरी काठमाडौंको दक्षिणी तथा पूर्वी क्षेत्रमा वर्षा सुरु भएपछि यात्रामा कठिनाइ देखिएको छ। रात परेपछि भने मौसममा सुधार आउन सक्ने अनुमान गरिएको छ।

    २०८३, कार्तिक २६ बुधवार०३:३७:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार