फागुन २, काठमाडौँ ।
हुन त वर्तमान समयमा प्रस्तुत विषयको सान्दर्भिकता नहोला तर विश्वको कूल मृत्युको करिब ६३ प्रतिशत भन्दा बढि भएको आँकडालाई नजरअन्दाज गर्नपनि हुँदैन ।
ऐतिहासिक रूपमा, धेरै नसर्ने रोगहरूलाई "धनीहरूको रोग" भनिन्थ्यो । अहिले विकासोन्मुख देशहरूमा जीवनशैलीको परिवर्तनको कारण नसर्ने रोगहरूको बोझ बढेको छ । नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणको लागि विश्वव्यापी रणनीतिका लागि कार्य र योजना आवश्यक भइसकेको छ ।
नसर्ने रोगलाई अब आर्थिक प्रभावको धनी अनुमान गरिएकालाई मात्र असर गर्ने वा धनिहरुको रोग मान्न सकिन्न । विश्व स्वास्थ्य संगठनको एक रिपोर्टले नसर्ने रोगबाट हुने मृत्युको संख्या बढ्दो छ, विकासोन्मुख विश्व सबैभन्दा धेरै प्रभावित भएको छ।
नसर्ने रोग जुन एक व्यक्तिबाट अर्कोमा प्रत्यक्ष प्रसारण हुँदैन। यसमा पार्किन्सन रोग, स्ट्रोक, धेरै हृदय रोग, धेरै क्यान्सर, मधुमेह, किडनी रोग, प्यारालाइसिस, अल्जाइमर रोग, मोतियाबिन्दु, र अन्य समावेश छन्। नसर्ने रोगहरू विश्वव्यापी रूपमा मृत्युको प्रमुख कारण हुन्।
जोखिम कारकहरू जस्तै व्यक्तिको पृष्ठभूमि, जीवनशैली र वातावरणले केहि नसर्ने रोगहरूको सम्भावना बढाउँदछ । प्रत्येक वर्ष, कम्तिमा करोडौं मानिस सुर्तीजन्य सेवनको कारण, बढी वजनको कारणले तथा उच्च कोलेस्ट्रॉल उच्च रक्तचापको कारणले पनि करोडौंको मृत्यु भएको देखिन्छ ।
एक व्यक्तिको पृष्ठभूमि: जीवनशैली र वातावरण नसर्ने रोगहरूको सम्भावना बढाउने तत्वहरुमा पर्छन । यसमा उमेर, लिङ्ग, आनुवंशिकी, वायु प्रदूषणको जोखिम, धूम्रपान, अस्वास्थ्यकर आहार र शारीरिक निष्क्रियता जस्ता व्यवहार समावेश छ जसले उच्च रक्तचाप र मोटापन निम्त्याउन सक्छ र नसर्ने रोगहरुलाइ निम्त्याउन मद्दत गर्छ
विश्व स्वास्थ्य संगठनको एक रिपोर्टले नसर्ने रोगका लागि थुप्रो करकहरु मध्ये पाँच महत्वपूर्ण जोखिम कारकहरूमा रक्तचाप, कोलेस्ट्रॉल, सुर्तीजन्य सेवन, मदिरा सेवन र अधिक तौल बढेको हो ।
नसर्ने रोगहरुलाई नियन्त्रण गर्न यस सम्बन्धि काम गर्ने संस्थाहरुले केहि उपायहरु सुझाएका छन् जसले यस्ता रोगहरुबाट बच्न सकियोस । अन्तर्राष्ट्रिय सहयोग र छलफल द्वारा नसर्ने रोगहरुलाई प्राथमिकता दिनुहोस्। राष्ट्रिय क्षमता, शासन, र सहयोगको साझेदारीलाई सुदृढ पार्नुहोस्।
प्रमुख जोखिम कारकहरू कम गर्नुहोस्, जस्तै सुर्तिजन्यको प्रयोग, रक्सीको हानिकारक प्रयोग, अस्वस्थ आहार, र शारीरिक निष्क्रियता। प्रभावशाली कानुन प्रणालीको विकास र कार्यान्वयन गर्नुहोस । पाच्य स्वास्थ्य प्रणाली मानिस केन्द्रित स्वास्थ्य सेवामा प्रवाह गर्नुहोस ।
उच्च-गुणको अनुसन्धान र विकासको प्रचार गर्नुहोस्। वैश्विक, क्षेत्रीय र राष्ट्रिय लक्ष्यहरू प्राप्त गर्न प्रगति अनुगमन। विश्वव्यापी स्वास्थ्य सम्रचनाको माध्यमबाट सहयोग अभियान सञ्चालन गर्ने ।
नेपाल सरकारले पनि यसको लागि आफ्नो निती रणनीति बनाएको छ । रोग नियन्त्रणमा भन्दा बिरामीको उपचार खर्चमा सहयोग पुर्याउने निती अख्तियार गरेको देखिन्छ । निश्चित रोगलाई निश्चित रकमको सहयोग गर्ने बताए पनि जटिल कानुनी प्रक्रियामा सेवाग्राहि अरु तनावमा आएका देखिन्छन् ।
मृगौलाजन्य बिरामीको नियन्त्रण तथा सचेतना भन्दा डायलासिसको व्यवस्था गरेको छ । सरकारको यी कामकारबाहीलाई कम्तीमा यो रोगको बारेमा सरकार सचेत र संवेदनशिल रहेको भने स्पष्ट हुन्छ ।
विश्वको कुल मृत्युको करिब ६३% यस्ता नसर्ने रोगको दर रहेको तथ्यांकले देखाई रहदा यस्ता रोगसँग सचेत रहनु हामी सबैको कर्तव्य पनि हो । तसर्थ, नीति निर्माता र समुदायहरूले यो रोगको रोकथाम र लक्षित उपचारलाई प्राथमिकतामा राख्नुपर्दछ।
यस उदाउँदो विश्वव्यापी स्वास्थ्य खतरालाई स्थिर गर्न वा सकेसम्म कम गर्न दिगो उपायहरू लागू गर्न सकिन्छ।
सम्भावित उपायहरू हाल विश्व स्वास्थ्य संगठनद्वारा छलफल भइरहेको छ - खाद्य र कृषि संगठनले खाद्यान्नमा नुनको स्तर घटाउने, बच्चाहरूलाई अस्वस्थ खाद्य पदार्थ र अस्वस्थ पेय पदार्थहरूको अनुपयुक्त बजारीकरण सीमित गर्ने, हानिकारक मदिराको प्रयोगमा नियन्त्रण लगाउने, सुर्तीजन्य, र सार्वजनिक ठाउँमा धुम्रपान रोक्न विधान बनाउने, यस्तो कुरामा करहरू बढाउने जस्ता क्रियाकलाप गर्न सके नसर्ने रोगको विश्वब्यापी मृत्युलाई कम गर्न सकिन्छ ।
-(प्रस्तुतकर्ता स्वयं एक पुर्ण अपांग अधिवक्ता हुन् ।)