काठमाडौं । कुनै बेला काठमाडौवासी काकाकुल भएको अवस्थामा तत्कालिन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौ ल्याएर घर घरमा धारा र काठमाडौको सडक सफा गरिदिन्छु भन्दा कतीले हाँसोका रुपमा लिएका थिए । कत्तीले वाहियात भने । कत्तीले खिस्सीमा उडाए । स्वयम् नेपाली काँग्रेसका नेता कार्यकर्ता समेतले पत्याएनन् । कतीले असम्भव भने ।
तर आज सम्भव भयो । आज घर घरको धारामा पानी खसेर काठमाडौवासी हर्षित भएका छन् । मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्न पटक पटक नयाँ ठेकेदार कम्पनीहरु संग सम्झौता गरेर कुल लागत ३१२.९ मिलियन डलर खर्च गरेर यसको निर्माण भएको छ । मेलम्चीको पानी काठमाडौवासीलाई ख्वाउने किसुनजीको सपना आज पुरा भएको छ । यो कार्य प्रधानमन्त्री केपी ओलीको पालामा सम्भव भयो ।
आज भन्दा तीन दशक अघि बेलायती अन्तर्राष्ट्रिय संस्था बिन्नी एन्ड पाटनर्सले सिन्धुपाल्चोक स्थित मेलम्ची खोलालाई काठमाडौं उपत्यकामा पानीको स्रोतका रूपमा पहिचान गरी उक्त कार्य अगाडि बढाउने निर्णय गरेको थियो । विश्व बैंक, एशियाली विकास बैंक, जापान सरकार, नेपाल सरकार लगायत अन्य जाता समुदायको ऋण सहयोगमा यसको निर्माण भएको छ । उक्त मेलम्चीको भौतिक निर्माणको काम सुरु भएको तीन दशक पछि मात्र सम्पन्न भएको हो ।
काठमाडौ उपत्यकामा प्रतिदिन ५१ करोड लिटर पानी पठाउने योजना थियो । प्राविधिक तयारी अनुसार निर्माण भएको २७ किलोमिटर सुरुङबाट तत्काल १७ करोड लिटर पानी परीक्षण स्वरुप पठाउने तयारी गर्दागर्दै परीक्षण कै क्रममा ढोका फुटेको थियो । उक्त ढोका फुटेर दुई जना प्राविधिकको समेत दुखद निधन भएको थियो । सो दुर्घटना पश्चात सुरुंग निर्माणमा गुणस्तर सम्वन्धि चिन्ता र चासो बढेर गएको थियो ।
नेपाली कांग्रेस, एमाले, नेकपा, अन्य साना दल र राजाको सरकारसमेतले मेलम्चीलाई आफ्नो राजनीतिक मुद्दा बनाएका थिए । स्थानीय निर्वाचन होस वा संसदीय निर्वाचन होस हरेक दलका नेता र सरकारले राजधानीवासीहरुलाई मेलम्चीको सपना देखाइरहे । चुनाव आयो कि मेलम्चीको पानी छिट्टै आउने र छिट्टै पिउन पाउने उद्घोष गर्दै, थुप्रै पटक भोटको राजनिती पनि गर्दै आए ।
यसबीच धेरै सरकार परिवर्तन भए, मन्त्री र निर्देशक फेरिरहे । कतिपय समय राजनैतिक स्वार्थका कारण लहै लहैमा मेलम्चीवासीहरुले बेला बेलामा निर्माणमा अवरोध गरे । कैयौ पटक वार्ता सहमती लेनदेन गर्दा गर्दै धेरै पटक पटकको अवरोधलाई चिर्दै काम सुचारु गरे । थुप्रै पटक ठेकेदार कम्पनीहरु भागे, फेरिए । महिनौ ठेकेदारहरु बेपत्ता भए ।
राजनैतिक हस्तक्षेप भइरहे । अन्ततः मेलम्चीको पानी काठमाडौ आई छाड्यो । यसको श्रेय तात्कालिक प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईदेखि वर्तमान प्रधानमन्त्री केपी ओली र विभागीय मन्त्री र सहयोगी राष्ट्र र त्यस कार्यमा संलग्न कर्मचारी समेत सम्मलाई जान्छ ।
०४८ सालदेखि बनेको सरकारहरुका मेलम्ची खानेपानीको नारा ०७७ सम्म घन्किरह्यो छ । यस योजना सम्पन्न पश्चात उपत्यकाको खानेपानीको समस्या केही दशकलाई संकट टर्या छ । आज भन्दा तीन दशक अगाडि कृष्ण प्रसाद भट्टराईले देखेको सपना गत चैत्र १३ गतेबाट उपभोक्ताहरुको घर घरमा पानी वितरण गरेर प्रधानमन्त्री केपी ओलीको पालामा आएर सम्पन्न भएको छ ।
(-लेखक नेपाल शिक्षक संघका उपमहासचिव हुन् ।)