एमालेका निलम्बितको नियतिः डक्टर फस्टस कि सिसीफस ?

एमालेका निलम्बितको नियतिः डक्टर फस्टस कि सिसीफस ?

२०७७, चैत्र २९ आइतवार

  • 9.6K
    SHARES

  • एमालेका निलम्बितको नियतिः डक्टर फस्टस कि सिसीफस ?

    काठमाडौं । पार्टीमा हदैसम्मको अराजक र अनुशासनहीन गतिविधिमा सामेल भएपछि एमालेले अनुशासनको कारवाही गरेका नेता माधव नेपाल र उनका 'दास'हरुले सानातिना भेलाको आयोजना गरेर जिल्ला-जिल्लामा समानान्तर कमिटी गठन गरेका समाचार आईरहेका छन् । पार्टी एकता बचाउन भन्दै आयोजना गरिने त्यस्ता भेलामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओलीको एकोहोरो विरोध र भर्त्सना गरिरहेका छन् । पार्टीको मूल नेतृत्व, नीतिको पक्षमा दृढतापूर्वक उभिएका एमालेका लाखौंलाख नेता-कार्यकर्तालाई 'केपीका दास', 'हनुमान', 'झोले', 'स्वार्थी', 'अवसरवादी' जस्ता तल्लो स्तरका गाली बर्साउदै छन् । तर उनीहरुले आफ्नो नियतिको आँकलनचाहिँ गर्न सकेका छैनन् ।

    सोह्रौं शताब्दीमा विख्यात अंग्रेजी साहित्यकार क्रिष्टोफर मार्लोद्वारा लिखित "डक्टर फस्टस" नामक वियोगान्त नाटकको प्रमुख पात्र 'डक्टर फस्टस'को नियतिजस्तै छ एमालेका निलम्बित नेताहरुको नियति । डक्टर फस्टसको कथा यस्तो छः डक्टर फस्टसले तन्त्रविद्या पढेको थियो । त्यही तन्त्रविद्यामार्फत् ऊमेफिस्टोफिलिस हुदै लुसिफरको संगतमा पुग्यो । डक्टर फस्टस र लुसिफरकोविचमा एउटा सम्झौता भयो । २४ बर्षसम्म राक्षसहरुले डक्टर फस्टसलाई उसले चाहेको शक्ति, भौतिक र विषय सुखसुविधा उपलब्ध गराउने र २४ बर्षपछि उसको जीवन ती लुसिफरहरुलाई सुम्पनु पर्ने भयो । फस्टसले समकालीन राजाजस्तै शक्तिशाली भएको हेर्न चाह्यो । उनीहरुले त्यो ईच्छा पुर्याई दिए । उसले पाईदै नपाईने मौसममा अंगुरको झुप्पा माग्यो । उनीहरुले त्यो पुर्याई दिए । दश हजार बर्ष पहिलेकी विश्व सुन्दरी हेलेनसंग उसले मायाप्रीति गाँस्न चाह्यो । उसको त्यो अनौठो ईच्छा पनि उनीहरुले जसो तसो पूरा गरि दिए । सम्झौताबमोजिम २४ बर्ष पुग्नै लाग्दा लुसिफरका मानिस उसलाई लिन आए । उसको त्यहीं वियोगान्त भयो ।

    मदन भण्डारीको रहस्यमय देहवसानपछि माधव नेपालले एमालेको महासचिव बन्न चाहे । पार्टीले बनाई दियो । पन्ध्र बर्ष लगातार महासचिव बनाईरह्यो । यो अवधिमा एमालेको प्रथम ९ महिने सरकारमा शक्तिशाली उप-प्रधानमन्त्री बनाइए । प्रथम संविधानसभामा दुई निर्वाचन क्षेत्रबाट सर्वनाक पराजयपछि लगत्तै संविधानसभा सदस्य हुन चाहे । पार्टीले उनको माग पूरा गरिदियो । सोही अवधिमा करिब दुई बर्षप्रधानमन्त्री बन्ने अवसर पनि पार्टीले नै जुटाई दियो ।

    तर त्यतिले माधव नेपाललाई पुगेन । त्योभन्दा बढी प्राप्त गर्न आधुनिक जमानाका लुसिफर अर्थात् प्रचण्डको शरणमा पुगे उनी ।

    नेकपा(माओवादी केन्द्र)का सुप्रिमो प्रचण्डले हाल एमालेमा निलम्बित रुपमा रहेका माधव नेपाल लगायतका नेताहरुसंग आफू डिप लभमा रहेको तर अदालतले छुट्याई दिएको गुनासो गरेका छन् ।

    अचम्म यो छ कि प्रचण्ड, जो हजारौंको वास्तविक मायाप्रेमलाई चकनाचुर पार्ने 'जनयुद्ध'का प्रमुख नायक हुन्, आज कसरी डिप लभ अर्थात् गहिरो माया दर्साउन योग्य भए ? उनी कसरी माधव नेपालजस्तो कसैसंग हतपती 'मायाप्रीति'मा नफस्ने व्यक्तिसंग डिप लभमा परे ? यो संगत कतै डक्टर फस्टस र लुसिफरको संगतजस्तो त हुने होइन ?

    नेपाली जनता प्रचण्डको मायावी चरित्रसंग त राम्रै परिचित छन् । मायारुपी चरित्र सधैं सगैं बस्ने खालको हुन्छ, मायावी चरित्र माया गरेजस्तो गरेर डस्ने खालको हुन्छ । हिजो माधव नेपालसंग नजिक रहेका कसैले पनि एमाले फुटाएर मायावी प्रचण्डको छातामुनी जान ईन्कार गरेको सन्दर्भमा प्रचण्डको डिप लभले माधव नेपाललाई फ्लप बनाउने बाहेक के नै होला र ? कुनैबेला प्रचण्डसंग डिप लभमा रहेका किरण, बाबुराम, विप्लव र देउवाको हालत पत्ला भएजस्तै त होला !

    अहिले माधव नेपाललगायतका निलम्बित नेताहरु केही समय शान्तपूर्वक आफ्ना गल्ती, कमी कमजोरीको रियलाईजेसन गर्नु, आत्मालोचना गर्नु र पार्टीलाई थप एकताबद्ध बनाउन पार्टीको मूल नेतृत्वसंग हातेमालो गरेर अघि बढ्नुको सट्टा समानान्तर पार्टी बनाउने, पार्टीभित्र पार्टीको अभ्यास गर्ने र आफ्नो निहित अभिष्टको लागि हजारौं नेता-कार्यकर्ताको खुन, पसिना र वलिदानबाट बनेको पार्टीलाई तहस-नहस बनाउने बर्बादीको बाटोतर्फ अग्रसर भएका छन् ।

    नोबल पुरस्कार विजेता फ्रेन्च साहित्यकार अल्फ्रेड कामुसको एउटा पात्र छ-सिसीफस । सिसीफसलाई एउटा श्राप थियो । समुन्द्रको किनारबाट चिप्लो ढुङ्गो बोकेर पहाडको टुप्पोमा पुर्याउनु पर्ने । सिसीफस बढो कष्टसाध्य पाराले चिप्लो ढुङ्गो बोकेर पहाडको टुप्पोमा पुर्याउथ्यो । पहाडको टुप्पोमा पग्नै लाग्दा ढुङ्गो चिप्लेर पहिलेकै ठाउँ समुन्द्रको किनारमा पुग्थ्यो । हरेक दिन सिसीफस त्यही काम गरिरहन्थ्यो ।

    अहिले एमालेका निलम्बितहरुको नियति पनि सिसीफसको भन्दा भिन्न छैन । साम, दाम, दण्ड, भेद गरेर एमालेका केही कार्यकर्ता बटुलेर जिल्ला-जिल्लामा समानान्तर कमिटी बनायो, फेरि एमाले एक ढिक्का हुन छोड्दैन । पार्टी विभाजन गर्न न्वारानदेखिको बल लगायो, पार्टी विभाजन हुदैन । खण्ड गर्दा पनि ओली नेतृत्वको एमाले कमजोर हुदैन । प्रचण्ड, बाबुरामलाई खेताला बोलाएर एमाले कमजोर पार्न खोज्यो, हुदैन । छिमेकी गुहार्यो, केही लाग्दैन ।

    डक्टर फस्टस र सिसीफसको मार्गमा लागेकाहरुको नियति योभन्दा के फरक होला र !

    २०७७, चैत्र २९ आइतवार०८:१९:४१
    प्रतिक्रिया
    सम्बन्धित समाचार