मानवसेवा आश्रम र सडक मानव

मानवसेवा आश्रम र सडक मानव

२०७८, बैशाख ८ बुधवार

  • 4.0K
    SHARES

  • मानवसेवा आश्रम र सडक मानव

    वैशाख ८, झापा । सङ्गत नगरुन्जेल के हो के हो भए पनि थाहा पाई सकेपछि र प्रत्यक्ष देखेपछिको प्रभाव बेग्लै हुँदो रहेछ । छोरी अनुषा घिमिरेले अष्ट्रेलियाबाट परिवारका सदस्यहरूको जन्मोत्सव तथा विवाहोत्सवका अवसरमा नेपालका विभिन्न आश्रममा शिक्षार्जन गरिरहेका विद्यार्थीहरू तथा विभिन्न आश्रमहरूमा रहेका आश्रित वृद्घवृद्घाहरूलाई यथाशक्य सहयोग गर्ने सिलसिलामा यसपटक भक्तपुरको कौशलटार स्थित मानवसेवा आश्रममा पुगियो ।

    शुरुमा टेलिफोनबाट जानकारी लिँदा उक्त आश्रममा ५५ जना आश्रित रहेको जानकारी प्राप्त भए अनुसार हामीले ५६ जनाका लागि फलपूmल तथा बिस्कुटको व्यवस्था गरेर त्यहाँ पुग्दा ३८ जना मात्र आश्रित रहेको पाइयो । बाँकी आश्रितका बारेका जिज्ञासा राख्दा अर्को केन्द्रमा पठाइएको बताइयो । जे होस् अर्पिएर लगेका खानेकुराहरू सबै अर्पण गरेर हामी फर्कियौँ ।

    उक्त केन्द्रका अनुसार आश्रितहरूलाई एक छाक खाना खुवाउन चाहने दाताहरूबाट रु.दश हजार लिने गरिएको बताइयो । तर हामीले भने सामान नै किनेर लगेका थियौँ । उक्त केन्द्रमा पुग्दा त्यहाँकी स्वयमसेविका काव्या पोखरेल लगायतका व्यक्तिहरूबाट अत्यन्त राम्रो व्यवहार हामीले पायौँ ।

    उहाँहरूको व्यवहार वास्तवमै अनाथ असहायहरूको सेवामा तल्लीन स्वयमसेवकहरूमा हुनुपर्ने खालकै पाइयो । म र मेरी जीवनसँगिनी रेखा उहाँहरूको व्यवहारबाट प्रभावित भयौँ । उहाँहरूले हामीलाई आश्रमको कार्यालयमा लगेर राख्नुभयो । चिया पिलाउनुभयो र उक्त आश्रमको मेची–काली अभियानका विभिन्न झलकहरू कार्यालयको भित्तामा रहेको टेलिभिजनको पर्दामा युटुबका माध्यमबाट देखाउनुभयो ।

    वास्तवमै उत्कृष्ट मानवीय सेवामा समर्पित उक्त मानवसेवा आश्रमको पवित्र उद्देश्य र कार्य निकै नै प्रशंसनीय लाग्यो हामीलाई । यस्तै पवित्र भावनाले मानिसलाई सत्कर्ममा अभिप्रेरित गर्ने रहेछ ।

    बेसहारा, अभिभावकविहिन, सहयोगापेक्षी, सडकआश्रित मानवमुक्त राष्ट्र निर्माणको प्रतिबद्घता र मानवीयताको राष्ट्र आफ्नो सपना बनाएर स्थापना भएको मानवसेवा आश्रमको प्रमुख उद्देश्य यसप्रकार रहेको देखिन्छ —

                १. वि.सं.२०८२ सालभित्र शारिरीक तथा मानसिक रूपमा अस्वस्थ भई खुला आकाशमुनी रात बिताउन विवश घरबारविहिन, बेसहारा, परित्यक्त, असहाय तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडकआश्रित मानवरहित राष्ट्र नेपाल निर्माण गर्ने ।

                २. कोही पनि नागरिक घरपरिवार तथा समाजबाट परित्यक्त भई सडकमा आउन नपर्ने अवस्था निर्माण गर्न निरन्तर असल, चरित्रवान्, संस्कारित नागरिक निर्माणका लागि उत्प्रेरणात्मक, जनचेतनामूलक एवं परिणाममुखी रचनात्मक कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्ने ।

                            यसैगरी केन्द्रको जानकारी पुस्तिकामा उल्लेख भए अनुसार मानवसेवा आश्रमले प्रदान गर्दै आइरहेका मानवीय सेवाहरू यसप्रकार रहेको छ–

                १. बेसहारा सहयोगापेक्षी सडकआश्रित मानवहरूको अवस्था अध्ययन तथा विवरण सङ्कलन ।

                २. उद्घार, औषधोपचार एवम् पालनपोषण ।

                ३. मनोचिकित्सकीय सेवा ।

                ४. जिविकोपार्जन सम्बन्धि तालिम ।

                ५. पारिवारिक पुनर्मिलन ।

                ६. पारिवारिक परामर्श ।

                ७. अभिलेख तथा प्रतिवेदन ।

                ८. पारिवारिक पुनस्र्थापना हुन नसकेका बेसहाराहरूको दीर्घकालीन संरक्षण ।

    ९. सरोकारवाला निकायहरूसँगको अन्तरक्रिया, जनचेतनामूलक कार्यक्रम एवम् मानवता प्रवद्र्घनका लागि उत्प्रेरणात्मक तालीम ।

                यसैगरी यस संस्थाको आ.व.२०७७–०७८ को योजना निमनानुसार भएको यस संस्थाको जानकारी पुस्तिकामा उल्लेख छ–

    • काठमाडौ, ललितपुर, भरतपुर, वीरगञ्ज, पोखरा, विचारटनगर महानगरपालिका एवम् गोरखा, लम्जङु, बाग्लङु, रुपन्देही, कैलाली र सुर्खेत जिल्लालाई सहयोगापेक्षी सडकमानवरहित नगर घोषणा गराउन आवश्यक आधार तयार पारी घोषणाका लागि पहल गर्ने ।
    • सतहत्तरवटै जिल्लामा सहयोगापेक्षी बेसहारा सडकमानवहरूको मानवोचित व्यवस्थापन तथा मानवता प्रवद्र्घनका लागि सेवा सम्पादन गर्न आवश्यक संयन्त्र निर्माण गर्ने ।
    • उद्घार तथा पारिवारिक पुनर्मिलनका लागि हटलाईन हेल्प डेक्स र सातवटै प्रदेशमा प्रदेशस्तरीय उद्घार सेवा वाहन सञ्चालनमा ल्याउने ।
    • मकवानपुरको हेटौँडामा निर्माणधीन रहेको मानवसेवा आश्रमको मुख्य कार्यालयको भवन निर्माण सम्पन्न गरी फागुन ४ गते गृहप्रवेश गराउने ।
    • चितवन, काठमाडौ, पोखराको भवननिर्माण कार्य सम्पन्न गर्ने ।
    • सातवटै प्रदेशमा गरी १८०० जनालाई सेवा दिन सकिने गरी संस्थाको क्षमता अभिवृद्घि गराउने ।

    यी मध्ये के कति काम सम्पन्न भए अर्थात् के कति प्रगति भयो र के कति उपलब्धी हासिल भयो भन्ने कुराको लेखाजोखा भने हुन बाँकी नै छ । यसैगरी संस्थाको उद्देश्य बमोजिम सहयोगापेक्षी बेसहारा सडकआश्रित मानवमुक्त घोषणा भएका स्थानहरू यस प्रकार रहेको पाइन्छ –

    • गोरखा नगरपालिका घोषणा : २०७४ पुस ५ गते ।
    • मगन्तेमुक्त क्षेत्र : काठमाडौस्थित पशुपति क्षेत्र परिसर : २०७४ चैत्र ४ गते ।
    • हेटौँडा उप–महानगरपालिका वडा नं.९ घोषणा : २०७५ मंसीर ७ गते ।
    • मकवानपुर जिल्ला घोषणा : २०७५ फागुन ४ गते ।
    • बाग्लुङकालिका मन्दिर परिसर घोषणा : २०७६ साउन २१ गते ।
    • पाल्ला तिनाउस्थित सिद्घबाबा मन्दिर क्षेत्र घोषणा र बुटवल न.पा.वडा नं. ३ स्थित सिद्घबाबा धाम क्षेत्र घोषणा : २०७६ असोज २७ गते ।
    • भरतपुर महानगर घोषणा : २०७६ कार्तिक ९ गते ।

                यस अभियानमा सहयोगी बन्न सकिने अवस्थाहरू यसप्रकार छन् :—

    • भोजन सेवा, नगद तथा जिन्सी सहयोग उपलब्ध गराउन सकिने छ ।
    • जन्मदिन, विवाह वर्षगाँठ, पितृहरूको पुण्य तिथि, संस्थाको वार्षिकोत्सव, पदोन्नति, पर्व लगायत विभिन्न अवसरहरूमा आफ्नो इच्छा अनुसारको सहयोग उपलब्ध गराउन सकिने छ ।
    • बेसहाराको अभिभावक कार्यक्रम अन्तर्गत एकजना बेसहाराका लागि लाग्ने मासिक खर्च योगदान गरी बेसहाराको अभिभावक बन्न सकिने छ ।
    • मासिक सहयोगी सदस्यता दिई मासिक रूपमा आफ्नो इच्छा अनुसारको नगद तथा जिन्सी सामग्री सहयोग उपलबध गराउन सकिने छ ।
    • भवन निर्माण तथा संरचना निर्माणका लागि आवश्यक निर्माण सामग्री तथा नगद सहयोग उपलब्ध गराउन सकिने छ ।

                ‘सेवा नै धर्म हो’ भन्ने सत्य वचनलाई आत्मसात गरेर यसलाई कर्मक्षेत्रमा उतार्न मानव सेवा आश्रमले गरेको मिहिनेत र पवित्र भावना कदर र प्रशंसायोग्य छ  । नेपालमा मानव सेवा आश्रमको स्थापना २०६९ सालमा भएको हो । हेटौँडाबाट शुरु भएको यस आश्रमको प्रधान कार्यालय हेटौाडामा छ ।

    हालसम्म सातै प्रदेशका विभिन्न १६ जिल्लामा कुल २५ वटा शाखा विस्तार भइसकेको भनिएको यस आश्रमले खासगरी सडकमा बेवारिस भई रहेका सडकमानवहरूको उद्घार गरी आश्रममा आश्रय दिने गरेको पाइन्छ । गत वर्ष मात्र यस संस्थाले मेची–काली अभियान सञ्चालन गरी सडकमा बेवारिस अवस्थामा फेलापरेका सबै उमेर समूहका अनाथ असहाय मानिसहरूको उद्घार गरी विभिन्न पायक पर्ने आश्रमहरूमा राखिएको बताइन्छ ।

    कौशलटार केन्द्रबाट प्राप्त जानकारी अनुसार मुख्य कार्यालय मकवानपुरको हेटौँडामा रहेको यस यस आश्रमका हालसम्म विस्तारित शाखाहरूमा– चितवनको भरतपुर; काठमाडौको सामाखुसी र नागार्जुन; ललितपुरको हात्तिवन र नागदह; गोरखाको गोरखा बजार; पर्साको बीरगञ्ज; बाग्लुङको बाग्लङु् बजार; कास्कीको हेम्जा र छोरेपाटन; रुपन्देहीको बुटबल; लम्जुङको बेँसीसहर; सुर्खेतको वीरेन्द्रनगर; कैलालीको धनगढी; मोरङको बिराटनगर; भक्तपुरको कौशलटार; काठमाडौको बुढानीलकण्ठमा उपसेवा केन्द्र; सर्लाहीको हरिवन; दाङको तुलसीपुर आदि गरी सातै प्रदेशका सोह्र जिल्लामा कुल २५ केन्द्र रहेको बताइन्छ । 

    गत वर्ष यस केन्द्रले संचालन गरेको मेची–काली अभियानपछि सडकमानवको उद्घार गरी यस आश्रमले हाल ८६६ जना विभिन्न उमेर समूहका अनाथ असहायहरूलाई आश्रय दिई आएको छ भने हालसम्म २००० भन्दा बढीलाई आ–आफ्नो घरमा पुनस्र्थापन गरिएको बताइन्छ ।

    हालसम्ममा १३ जना भारतीय नागरिकलाई आफ्नो घरमा पु¥याएर जिम्मा लगाइएको छ भने तीनजना बंगलादेशी नागरिकलाई नेपालस्थित बंगलादेशी दूताबास मार्फत उनीहरूको देश पठाइएको बताइन्छ । मानवसेवा केन्द्रले हालको अवस्थामा विभिन्न केन्द्रहरूमा आश्रय दिइरहेका आश्रित मानवहरूको मिति २०७७ चैत्र २९ सम्मको जिल्लागत विवरण निम्नानुसार रहेको उक्त केन्द्रले बताएको छ—

    क्र.सं.

    केन्द्रको नाम

    ००—१८ वर्षे उमेर समूहका

    १९—५९ वर्षे उमेर समूहका

    १९—५९ वर्षे

    उमेर समूहका

    जम्मा आश्रित

    महिला

    पुरुष

    महिला

    पुरुष

    महिला

    पुरुष

    १

    बिराटनगर

    —

    —

    —

    —

    —

    —

    —

    २

    सर्लाही

    १

    १

    १३

    ३२

    ३

    ६

    ५६

    ३

    बीरगन्ज

    १

    १

    २५

    १५

    १

    ५

    ४८

    ४

    हेटौँडा 

    —

    —

    —

    —

    —

    —

    —

    ५

    चितवन

    १

    २

    १७

    २४

    ७

    १२

    ६३

    ६

    रुपन्देही           

    १

    ८

    ५१

    ४९

    १६

    २४

    १४९

    ७

    दाङ

    ०

    ०

    ८

    १

    ०

    ०

    ९

    ८

    सुर्खेत

    ४

    २

    १६

    ३

    ५

    ७

    ३७

    ९

    धनगढी

    ०

    १

    १४

    ४३

    ०

    २

    ६०

    १०

    बाग्लुङ

    ५

    २

    १६

    १०

    ४

    ८

    ४५

    ११

    पोखरा

    ६

    ४

    ३९

    ६८

    १४

    २७

    १५८

    १२

    लम्जुङ 

    ४

    ०

    ६

    ८

    ४

    ८

    ३०

    १३

    गोरखा

    १८

    २३

    ४

    ०

    ०

    ०

    ४५

    १४

    काठमाडौ

    ०

    ०

    ५

    ३०

    ४

    ६

    ४५

    १५

    ललितपुर

    १

    १

    ३२

    ३२

    ८

    ९

    ८३

    १६

    भक्तपुर

    ०

    ०

    ३

    ३०

    ५

    ०

    ३८

    जम्मा 

    ४२

    ४५

    २४९

    ३४५

    ७१

    ११४

    ८६६

    यसरी मानवसेवा आश्रम, कौशलटारबाट प्राप्त विवरण अनुसार सर्लाहीमा ५६, बीरगन्जमा ४८, चितवनमा ६३, रुपन्देहीमा १४९, दाङमा ९, सुर्खेतमा ३७, धनगढीमा ६०, बाग्लङुमा ४५, पोखरामा ५८, लमजङुमा ३०, गोरखामा ४५, काठमाडौमा ४५, ललितपुरमा ६३ र भक्तपुरमा ३८ जना गरी कुल ८६६ जना विभिन्न समूहका आश्रितहरू मानवसेवा आश्रममा आश्रित छन् ।

    यस संस्थालाई कुल लागतको २० देखि २५ प्रतिशत रकम नेपाल सरकारबाट अनुदान प्राप्त हुने गरेको र बाँकी अन्य दाताहरूबाट प्राप्त हुने गरेको कौशलटार केन्द्रबाट जानकारी प्राप्त भएको छ । उक्त कौशलटार केन्द्रमा हाल ३ महिला तथा ३५ पुरुष आश्रितहरू रहेका छन् । केन्द्रका अनुसार उक्त कौशलटार केन्द्रमा हाल एकजना स्टाफ नर्स र एकजना पालेलाई मात्र सामान्य तलव दिएर राखिएको र बाँकी सबैजना स्वयमसेवक रहेको बताइयो ।

    हामीले लगेको फलफूल तथा बिस्कुटका कार्टनहरू आश्रमकी काव्या पोखरेलमार्फत आश्रमलाई हस्तान्तरण गर्ने काम भयो भने फलफूल वितरणको कार्य अनौपचारिक समारोहका साथ सम्पन्न गरियो । उक्त केन्द्रमा रहनुभएका विभिन्न आश्रित व्यक्तिहरूसँग पनि सामान्य भलाकुसारी गरियो ।

    उहाँहरूमध्ये कोही घरविहिन र आफन्तविहिन हुनुहुन्थ्यो भने कोही घरवार भएर पनि सन्तानबाट अपहेलित भई घर छोडेर सडकमानव बन्न विवश हुनुभएको पनि पाइयो । मानव जुनी पाएर पनि मानव झैँ बाँच्न नपाएका यस्ता अनाथ असहायहरूलाई विभिन्न दयनीय अवस्थाबाट उद्घार गरी मानव सेवा आश्रमले ‘सेवा नै धर्म हो’ भन्ने सत्यलाई स्थापित गरेको पाएर भावविभोर भयौँ र सकेको खण्डमा विभिन्न किसिमले सहयोग गर्ने अभिलाषाका साथ त्यहाँबाट विदा भयौँ हामी ।

    मानवसेवा महत्वपूर्ण र पवित्र कार्य भएकोेले आ–आफ्नो क्षमता अनुसार आर्थिक, भौतिक, नैतिक सहयोगका लागि सहयोगी हातहरू अगाडि बढ्नु मानवीय धर्म हुन आउँछ । मानवले मानवको सेवा गर्नु मानवीय कर्तव्य पनि हो । धर्म कमाउने नाउँमा सम्पन्न पण्डित पुरोहितहरूलाई मन फुकाएर दान दिनुभन्दा दुःखी, दरिद्री, निःसहाय, परिवारत्यजित, सहयोगापेक्षी मानवहरूको सेवामा यथाशक्य मुट्ठी फुकाउनु नै बढी श्रेयष्कर हुन्छ र वास्तविक धर्म पनि यही हो ।

    हाम्रो हिन्दू धर्मको सार पनि हो– ‘परोपकार पूण्याय, पापाय परिपीडनम्’ । परोपकार नै धर्म को सार भएकोले यसलाई आत्मसात गर्दै मानवीय मूल्य र मान्यतालाई स्थापित गर्न परोपकार धर्मको पालना गर्नेतर्फ सबैको ध्यान जान जरुरी देखिन्छ । यही आग्रहका साथ आजको कलम यहीँ बिसाउने अनुमति माग्दछु । जय मानवसेवा ।

    ०००००

     

    २०७८, बैशाख ८ बुधवार१२:३८:५६

    गणेश घिमिरे ‘मार्मिक’

    प्रतिक्रिया
    सम्बन्धित समाचार