काठमाडौं । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुव्वा गुरुङ्गले मनाङबाट निर्वाचित स्वतन्त्र सांसद राजिव गुरूङ उर्फ दिपक मनाङेलाई खेलकुद मन्त्रीमा वैशाख १६ गते सपथ खुवाए सँगै उनका बारेमा टिकाटिप्पणीले राजनीतिक माहोल तातेको छ ।
नियुक्त गर्ने मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङ्ग गण्डकी प्रदेशका मुख्य मन्त्री हुन् । उक्त प्रदेश भित्रको मामलामा राम्रो नराम्रो सबैको भागिदार उनै हुनेछन् ।
तर मन्त्री नियुक्तिको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको सुशासनसँग प्रश्न गर्दै यतिखेर केही जनताहरु तातिएका हुन् ।
नियुक्तिका विषयमा दुईवटा मत बाहिरिएका छन् । एक थरि भन्छन्, दिपक मनाङे आपराधिक पृष्ठभुमि भएका कारणले मन्त्री नै दिनु भनेको लोकतन्त्रको उपहास त हो नै राज्य पनि अपराधलाई पृष्ठपोषण गर्दै अगाडी बढेको भनाई छ ।
अर्काथरि भन्छन्, राजिव गुरूङलाई मन्त्री बनाउँदा कोकोहोलो मच्चाउनुको केहि अर्थ छैन । जनताबाट निर्वाचित सांसद राजिव गुरुङ्ग भएकाले उसलाई मन्त्री बनाउनु सामान्य कुरा हो ।
कुरा रह्यो राजिव गुरूङ उर्फ दिपक मनाङ्गे, मनाङ्गेबाट भएका आपराधिक प्रवृत्ति, जुन उनले सफाई पाईसके । अब पनि दिपक मनाङे बन्दै कोहि गुण्डागर्दीमा उत्रिए राज्यले आफ्नो कारवाही अगाडि बढाए हुन्छ ।
यस विषयमा जिज्ञासा राख्दा पेशागत विशेष जिल्ला कमिटीका पुर्व सचिव समिर नेपाल भन्छन्, "सांसद बनेर ३ वर्ष काम गरिसकेको जनप्रतिनिधिलाई मन्त्री बनाउदा रोईलो गर्नु भनेको अराजनीतिक काम हो । ब्यक्ति विशेष विरूद्धको अराजनीतिक प्रपोगण्डा मात्र हो । उनका गलत कामका सजाय बाँकी भए हिजो साम्सद हुदा किन कुरा उठेन ? किन सांसद पद खारेज गरिएन ?" उनले थप प्रश्न गरे ।
उनले वर्तमान एमाले नेतृत्वले ईतिहासलाई भुलेर बर्तमानलाई अगाडि लैजान नसकेको तथ्य समेत प्रस्तुत गरे । वि.सं २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीमा २०५३/५४ सालमा साम्सद किनवेच हुने डरले पढालेखा, बुझकी, ईमान्दार ठानिएका कार्यकर्ताहरूलाई एकै ठाउँमा थुनिएको, व्रिफकेस बोकेर ओहोरदोहोर गरिएको, सुरा सुन्दरीका कथा सुनाइएको जस्ता गतिविधि शक्तिशाली महासचिव माधव कुमार नेपाल रहँदा यी सबै कुरा पार्टीमा बैध थिए ।
त्यहि भएर होला सायद त्यस युगमा यि सब घटनाका लागि कोहि कसैलाई नेतृत्वबाट कारवाही गरिएन । हुनसक्छ पार्टी संचालनको यो विधि र पध्दति सहि नै थियो ।
पार्टीका काममा झोला बोकेर लुरुलुरु कार्यकरता लाग्ने तर मन्त्री र अन्य नियुक्तिमा व्रिफकेसवाला मात्र खोज्ने आम प्रवृत्ति ओली, नेपाल, खनाल, गौतम सबैमा छ । आज पार्टीका कार्यकर्ताबाट ती सबैको समीक्षा जरुरी छ। तिनलाई सहिढंगबाट उठान बैठानको विषय नै आम पार्टी कार्यकर्ताको विचमा रचनात्मक छलफलको विषय बन्नु पर्छ ।