काठमाडौं । सामाजिक सेवामा अव्वल अन्तर्राष्ट्रिय परोपकारी संस्था लायन्स क्लबको डिस्ट्रिक्ट ३२५ मल्टिपल कन्भेन्सन सम्पन्न भएको छ ।
जेठ २१-२२(जुन ४-५) गते भर्चुअल माध्यमबाट संचालन गरिएको कन्भेन्सनबाट लायन बालकृष्ण बुर्लाकोटी निर्वाचित भएका छन् ।
प्रविधिको भरपुर सदुपयोग गरेर गरिएको निर्वाचनबाट १६४४ मत(५८.०१%) प्राप्त गर्दै लायन बालकुष्ण बुर्लाकोटी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी लायन खगेन्द्र सिटौलाले ११९० मत प्राप्त गरे ।
लायन्सको नेपालमा डिस्ट्रिक्ट ३२५ ए१, ए२, बी१ र बि२ गरी चार वटा डिस्ट्रिक्ट छन् । चारवटै डिस्ट्रिक्टमा गरि २९८२ मतदाता रहेकामा २८३४ मत खसेको थियो ।
त्यस्तै कन्भेन्सनले २७९७ 'यस भोट' प्रदान गरेर विधान संसोधनमा सहमति जनाएको छ भने २७५८ 'यस भोट' प्रदान गर्दै निकै चासोसाथ हेरिएको रिड्रिस्टिकिंग गर्ने विययमा पनि सहमति दिएको छ ।
अन्तरराष्ट्रिय डाइरेक्टरका लागि प्रतिद्धन्दी द्धय लायन बालकृष्ण बुर्लाकोटीे डिस्ट्रिक्ट ३२५ बी १ संग आबद्ध छन् भने लायन खगेन्द्र सिटौला डिस्ट्रिक्ट ३२५ ए १ सँग आबद्ध छन् ।
स्थायी घर धादिङ्ग भएका बुर्लाकोटी सन् २००८-२००९ मा लायन्स क्लब काठमाडौं गोङ्गबुका चार्टर प्रेसिडेन्टको रुपमा लायन्स क्लबमा प्रवेश गरेका थिए ।
त्यसै गरि २०१२-१३ मा जोन चेयर पर्सन हुँदै उनी सन् २०१६-१७ का लागि डिस्ट्रिक ३२५ बी १ का डिस्ट्रिक गभर्नरको रुपमा चयन भए । सन् २०१७-२०१८ मा मल्टिपल डिस्ट्रिक ३२५ नेपालका काउन्सिल चेयरपर्सन भएर काम गरेका बुर्लाकोटी त्यस यता सन् २०१९ देखि एरिया लिडरको रुपमा काम गरिरहेका थिए ।
बुर्लाकोटीले लायन्स क्लब मल्टिपल डिस्ट्रिक ३२५ नेपालमा चेयरपर्सन रहँदा मल्टिपलमा लायन्स फन्डको सुरुवात गर्दै विभिन्न मेगा परियोजनाहरु नेपाल भित्र्याउन सफल भएका थिए ।
रि-डिस्टिकिङ अवधारणा पनि उनलाई नै जाने गरेको छ । आज सम्पन्न कन्भेन्सनले अनुमति दिएसँगै नेपालमा डिस्ट्रिक्टको संख्या बढेर १५ वटा पुगेको छ ।
त्यस्तै बुर्लाकोटीले अन्तर्राष्ट्रिय सम्मेलनको दर्ता मल्टिपलमा नै गर्ने अवधारणालाई पनि व्यवहारिक कार्यान्वयनमा ल्याए जसले गर्दा लायन्सहरुले दर्ता रकम रद्द गरेर सजिलै रकम फिर्ता पाउन सक्छन् ।
लायन्स अहिले विश्वका २ सय भन्दा बढी देशहरुमा फैलिएको छ । उनले लायन्सको सय वर्षको इतिहासमा पहिलोपटक आफ्नो कार्यकालमा १०० वटा क्लब खोल्न सफल भएका थिए ।
उनले त्यतिबेला २ हजार ८ सय ६३ सदस्यता बिस्तार गर्दै सय एमजेएफ योगदान गराउन पनि सफल भएका थिए । उक्त समयमा उनलाई विश्वकै १ नम्बर गभर्नरका रुपमा पुरस्कृत गरिएको थियो ।
बुर्लाकोटीकै नेतृत्वमा नेपाल लायन्स फाउण्डेसनमा १ करोड ३१ लाख ५० हजार रुपैयाँ रकम थप भएको थियो ।
सामाजिक अभियानमा निरन्तर सक्रिय रहँदै आएका बुर्लाकोटीले लायन्स अन्तर्राष्ट्रियको सिकागो कन्भेन्सन, लस भेगस कन्भेन्सन र इसामे एसिया फोरम कोलकातामा पनि आफ्नो महत्वपूर्ण प्रस्तुति राखिसकेका छन् ।
हालै मात्र पोखरामा १०० बेडको कोरोना अस्पताल समेत लायन बुर्लाकोटीकै नेतृत्वमा संचालनमा आएको छ ।
यसअघि नेपालबाट अन्तरराष्ट्रिय डाइरेक्टरमा सञ्जय खेतानले भूमिका निर्वाह गरिसकेका छन् । खेतान अहिले लायन्सको अन्तर्राष्ट्रिय अध्यक्षको दौडमा छन् ।
नेपालमा लायनिजमको शुरुवात गर्ने श्रेय भने स्व.पुर्व प्रधानमन्त्री मातृका प्रसाद कोइरालालाई जान्छ । उनले सन् १९७१ मा विधिवत रुपमा नेपालमा लायनिजमको शुरुवात गरेका थिए ।
यो पनि पढ्नुहोस् - थाम्लान् त वरिष्ठ सिटौलाले युवा बुर्लाकोटीको चुनौति