नेपाली राजनितीमा सबै भन्दा चतुर व्यक्ति को भन्दा - केपी ओली ।
वर्तमान राजनितीमा सबैभन्दा कुशल संगठनकर्ता को भन्दा - केपी ओली ।
राजनैतिक संकट आई लाग्न लाग्यो कि नयाँ नयाँ ढंगवाट जादुको छडी चलाई हाल्छन को भन्दा - केपी ओली।
संसदको रोष्टमबाट बोलुन कि ? बालकोटको बार्दलीबाट बोलुन चर्चा उनकै छ ।
संसद दुई दुई पटक विघटन गर्दा पनि सिंगो एमालेको एउटा पंक्ति ठीक भनिरह्यो । अर्को एमाले पंक्ति असंबैधानिक भनिरह्यो त्यहाँ पनि चर्चा केपी ओली कै चलिरह्यो ।
एमाले भित्रका १० भाई भनेर चिनिने डा. भिम रावल, अष्टलक्ष्मी शाक्यदेखि गोकर्ण बिष्ट, भिम आचार्य, रघुजी पन्त, सुरेन्द्र पाण्डे, योगेश भट्टराई सम्मलाई एमाले मै राखिराख्न सफल भए ।
केपी ओली सत्ता जादैछ भनेर जान्दा जान्दै पनि उनले सत्ता टिकाउन गरेका विभिन्न पार्टी फुटाउने जुटाउने हर्कदले त्यस बेला ठुलै चर्चा चलेकै थियो ।
के पी ओली वर्तमान राजनितीका पर्यायवाची नाम हो ।
नाम नलिऊ भन्दा पनि एक पटक उनको नाम लिनै पर्छ । पक्षले या विपक्षले ।
केपी ओलीसंग त्यस्तो बैशिष्ठय गुण के छ ? विगत ५ वर्षदेखि राजनिती उनकै सेरोफेरोमा घुमिरहेको छ । टिभी अनलाइन छापा रेडियो सबैले दिनहुँ एक पटक मात्र हैन पटक पटक नाम लिएकै छन् ।
विपक्षी माथि गर्ने चोटिलो व्यंग्य प्रहार, वाककटुता, उखान टुक्काले नेता दर्शक श्रोता नै मुटु नै फुट्ने गरी हाँस्छन् हसाई दिन्छन् । संगै बसेका कत्तीलाई त रातो पिरो नै बनाई दिन्छन् ।
प्रचण्ड होस कि शेर वहादुर होस, या कमल थापा हुन कि माधव नेपाल, पुर्व राजा ज्ञानेन्द्र नै किन नहुन उनले बोल्न छाड्दैनन ।
नेपाली हास्य कलाकारहरुकालागि सबै भन्दा राम्रो रोष्टको जननी हुन् के पी ओली ।
केही उदाहरण हेरौ न !
उत्तर र दक्षिणी गोलार्धमा रहेका नेकपा माओवादी र नेकपा एमाले बीच अप्रत्याशित ढंगबाट एकै चुड्कीको भरमा पार्टी एकता भयो । संसारभर कै कम्युनिष्टहरुको वाही वाही भए ।
आम निर्वाचन नेकपाको नामवाट सुर्य चुनाव चिन्ह लिएर लडे । झण्डै दुई तिहाइ बहुमतको नजिक निर्वाचन जिते । सबैको वाही वाही खाए ।
सरकार र पार्टी आलो पालो गर्ने नेकपा माओवादी र एमाले बीच भएको सम्झौतालाई ५ वर्ष नै आफु एक्लैले सरकार चलाउने र पार्टी पनि हाक्ने कुरा पार्टी पंक्तीमा ल्याएर एकाएक राजनैतिक माहौल नै नयाँ मोड तर्फ धकेलिदिए ।
आफ्नो पक्षकालाई धरहराको टुप्पोमा पनि पुर्याउन सक्ने, विरोधीलाई रसातल पुर्याउन पनि पछि नपर्ने कला छ केपी ओलीमा ।
केही शव्द दृष्टान्त हेरौ न !
गोकुल बाँस्कोटाको बारेमा केपी ओलीले भन्नुभयो । उहाँ जस्तो नेता नै छैन न हिजो जन्मे न आज जन्मन्छन ?
योगेश भट्टराईको बारेमा - त्यो फुच्चे केटोलाई ताप्लेजुङबाट टिपेर ल्याएको निकै बक बक गर्छ ?
पार्टीका सबै खाले निर्णय के गर्ने पहिल्यै तय भैसकेको हुन्छ । सिर्फ अरुका बिचार गम्भिर भएर सुन्छन् । व्याख्या विष्लेषण सहित जवाफ दिन्छन् ।
केही अपवाद छाड्ने हो भने एमालेको प्रतिनिधी छनौट देखि नेतृत्व छनौट प्रकिया तानाशाही भने पनि पार्टीकालागि आवश्यक नेता चयन भएकै होलान् । एकाध नेतृत्वलाई चित्त नबुझे पनि केपी ओलीले जे गरे उनका पार्टीकालागि हित गरे भन्ने आम सिंगो पार्टी कार्यकर्ता खुसी देखिएका छन् ।
१० औं राष्ट्रिय महाअधिवेशनमा मुलुकभित्रका राष्ट्रिय पार्टीहरुलाई निम्ता दिने सवालमा नेकपा समाजवादीलाई निम्ता नदिंदा पनि चर्चा, नेकपाका अध्यक्ष पुष्प कमल दाहाल नजाँदा पनि चर्चा । चिनियाँ कम्युनिष्ट पार्टीका नेता नआउँदा पनि चर्चा, सफलताको शुभकामना दिंदा पनि चर्चा ।
चितवनमा १० औं राष्ट्रिय महाअधिवेशन बुटवलबाट सारेर चितवनको नारायणी किनारामा गर्ने निर्णय होस या मंच व्यवस्थापनको चर्चा परिचर्चा होस या आफु लगायत सिंगो समिति केन्द्रिय समिति निर्माण गर्ने र घोषणा गर्ने वा चित्त नबुझेकाहरुलाई निर्वाचनमा जाने ढोका खोलिदिएर होस चर्चा के पी ओली कै छ ।
अध्यक्ष केपी ओली संग डा. भिम रावल निर्वाचन लडेर होस वा भोट हाल्ने न नहाल्ने सुची बाँडेर होस या ओलीसंग निकट रहेका मानिसहरु पदाधिकारी नपाएर होस या केन्द्रीय सदस्य पदमा नपरेका हुन तीनले पनि महाअधिवेशनको चर्चा गर्न भ्याएका छन् ।
महाअधिवेशन त नेपाली कांग्रेस, नेकपा माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि छ । तर पनि चर्चा एमाले कै छ ।
अध्यक्ष केपी ओलीले राम्रो गरुन या नगरुन एमाले कार्यकर्ताको सिंगो पंक्ती उनकै विचारमा रमाइ रहेका छन् ।
हिजो नेपाली काँग्रेसका सभापति गिरिजा प्रसाद कोइरालाले जहाँ जे बोले पनि जहाँ गए पनि संगसंगै दौडने, बुर्कुसी मार्ने र थपडी बजाउनेहरु कार्यकर्ताहरुको जमात जस्तै आज केपी ओलीको पनि अघिपछि त्यस्तै भीड छ ? सबै एमाले कार्यकर्ताले नेकपा एमाले जिन्दावाद भनेकै छन् । केपी ओली जिन्दावाद भनेकै छन् ।
यो नै राजनिती र नेतृत्वको क्षमता हो । त्यो कसैलाई मन परोस नपरोस केपीले नेपाली राजनितीलाई आफ्नै वरिपरी राखिराखेकै छन् । हिजो गिरीजा कोइरालाको पछि पछि लाग्ने कांग्रेस र आज केपी ओलीको पछि पछि लाग्ने सिंगो एमाले जमात एउटै होइनन् । क्याडर बेस कार्यकर्ता यो संख्यामा जुटाउनु केपी ओलीको सफलता मान्नु पर्दछ ।
त्यसैले यस पटक चितवनमा भएको १० औं राष्ट्रिय महाअधिवेशले अझै चर्चा चुलिएको हो कि ?
शिक्षक संघका उप-महासचिव पन्तका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस्