रोजिरोटी मार्न पाइँदैन भन्दै नोबेल मेडिकल कलेजमा व्यवसायीले गरे प्रदर्शन

रोजिरोटी मार्न पाइँदैन भन्दै नोबेल मेडिकल कलेजमा व्यवसायीले गरे प्रदर्शन

२०७८, पौष २६ सोमवार

  • 921
    SHARES

  • रोजिरोटी मार्न पाइँदैन भन्दै नोबेल मेडिकल कलेजमा व्यवसायीले गरे प्रदर्शन

    विराटनगर । नोबेल मेडिकल कलेजमा विद्यार्थीले गरेको आन्दोलनविरुद्ध व्यवसायीहरुले प्रदर्शन गरेका छन् ।

    एमबिबिएस अध्ययनका लागि भर्ना भएका विद्यार्थीसँग नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क माग गरेको भन्दै विद्यार्थीहरु प्रशासनमा तालाबन्दी गरेर आन्दोलनमा छन् ।

    विद्यार्थीको आन्दोलनविरुद्ध आइतबार बिहान व्यवसायीहरूले प्रदर्शन गरेका हुन् ।

    पुस दोस्रो सातायता आन्दोलनमा रहेका विद्यार्थीलाई विभिन्न दल निकट विद्यार्थी संगठनहरूले पनि साथ दिएका छन् । एमबिबिएसका विद्यार्थी र विद्यार्थी संगठनहरुले दैनिक प्रदर्शन गरिरहेका छन् ।

    आइतबार बिहान पनि विद्यार्थीहरूले प्रदर्शन गर्ने तयारी गरिरहेका थिए । त्यही बेला व्यवसायीहरूले ‘रोजिरोटी मार्न पाइँदैन, हस्पिटल भित्र आन्दोलन गर्न पाइँदैन’ भन्दै प्रदर्शन गरे ।

    मेडिकल कलेजमा तालाबन्दी हुँदा व्यवसायीलाई समस्या भएको बताउँदै उनीहरुले आन्दोलन राज्यका निकाय केन्द्रित बनाउन आग्रह गरेका छन् ।

    विद्यार्थी संगठनहरुले भने नोबेल प्रशासन विरुद्धको आन्दोलन नोबेलमै हुने बताएका छन् ।

    २०७८, पौष २६ सोमवार०८:४८:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार