नेपाल राष्ट्रिय शिक्षक संगठन काठमाडौं महानगर अध्यक्षमा माधव ओली

नेपाल राष्ट्रिय शिक्षक संगठन काठमाडौं महानगर अध्यक्षमा माधव ओली

२०७८, चैत्र १२ शनिवार

  • 1.5K
    SHARES

  • नेपाल राष्ट्रिय शिक्षक संगठन काठमाडौं महानगर अध्यक्षमा माधव ओली

    काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठन काठमाडौं महानगरको दोस्रो अधिवेशन सम्पन्न भएको छ । 

    शनिवार विजय मेमेरियल माध्यमिक विद्यालयमा सम्पन्न अधिवेशनले माधव ओलीको नेतृत्वमा महानगर समिती निर्माण गरेको हो ।

    समितिको उपाध्यक्षमा शारदा पौडेल र डिल्लीराम पौडेल, सचिव गणेश गुरागाईँ, सहसचिव मिरा शर्मा, कोषाध्यक्ष प्रदिप घिमिरे र सहकोषाध्यक्षमा शान्ता मरासिनी सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।

    यसअघि संगठनको महानगर अध्यक्ष, उपाध्यक्ष र सचिवमा क्रमशः डिल्ली शर्मा, माधव ओली र सुरज साउद रहेका थिए । अधिवेशनबाट अध्यक्ष र सचिवले नै महानगरबाट बिदा लिएका छन् ।  

    शिक्षकहरुका पेशागत हकहितका विषयमा सशक्त आवाज उठाउने जननी संगठन मानिने नेपाल राष्ट्रिय शिक्षक संगठनलाई सोही किसिमको धारिलो र तेजिलो बनाउनु पर्नेमा सहभागीको जोड थियो ।

    नेपाल राष्ट्रिय शिक्षक संगठनका पुर्व अध्यक्ष डा बाबुराम अधिकारीको प्रमुख आतिथ्यता तथा वर्तमान उपाध्यक्ष विष्णु पोखरेलको विशेष आतिथ्यता एवं संगठनका प्रदेश नेताहरु सानुमैयाँ खँडका, तुलाराम ढकाल, एकराज लकान्द्री, जिल्ला अध्यक्ष बिष्णु पनेरु लगाएतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 

    संगठनको काठमाडौं जिल्ला अधिवेशन चैत्र २३ गते र केन्द्रीय महाधिवेशन चैत्र २७-२९ मा सम्पन्न हुने बताईएको छ । 

    २०७८, चैत्र १२ शनिवार०७:१३:१६
    प्रतिक्रिया
    सम्बन्धित समाचार